थप समाचारबुधबार, कार्तिक १२, २०७१

छोरीको मूल्य लिने बाबुसहित तीन जना हिरासतमा

हिमालखबर

मकवानपुर छतिवनका ६ जना किशोरीको १० देखि २५ हजाmर अग्रिम भुक्तानी दिएर काठमाडौं ल्याउदै गरेका दुई जना र छोरीको मूल्य लिने बाबुलाई प्रहरीले हिरासतमा लिएको छ ।

प्रहरीले काममा लगाइदिने भनेर किशोरीको मूल्य तिर्ने २७ बर्षीय पदम वाइवा, उनका भाई सिताराम र छोरीको मूल्य लिने बाबु लालबहादुर विश्वकर्मालाई हिरासतमा लिएको हो । विश्वकर्माको साथबाट  दुई छोरीको ५० हजार रुपैयाँ लिएको फेला परेको छ ।

शिविन बाल हेल्पलाईन र स्थानीय महिलाहरुको सहयोगमा प्रहरीले हिरासतमा लिएको हो । उद्धार गरिएका किशोरीहरुलाई सिविनले काउन्सिलिङमा राखेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक थापाले बताए ।

सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...