थप समाचारबुधबार, कार्तिक १२, २०७१

२२ दलीय मोर्चाले पाँचथरमा आमसभा गर्ने

हिमालखबर

एमाओवादीसहितको २२ दलीय मोर्चाले १८ कात्तिकमा पाँचथरमा आमसभा गर्ने भएको छ । स्थानीय आयोजक समितिले १२ कात्तिक विहान पत्रकार सम्मेलन गर्दै पहिचानसहितको संघीयताका लागि दबाब दिन आमसभा आयोजना गरिएको जनाएको छ ।

सभालाई नेकपा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, मधेसी जनअधिकार फोरम नेपालका उपेन्द्र यादव, सद्भावना पार्टी अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईलगायतले सम्बोधन गर्ने जनाइएको छ ।

त्यहाँ पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुमबाट २० हजार कार्यकर्ता उतार्ने जनाएको छ । जसका लागि विभिन्न आठ वटा उपसमिति बनाइएको छ । सम्मेलनमा सङ्घीय लिम्बूवान पार्टीका महासचिव खगेन्द्र माखिमले काँग्रेस र एमालेलाई झुकाउन सभा आयोजना गरिएको बताए ।

मोर्चाले २३ कात्तिकमा जनकपुर र २८ कात्तिकमा धनगदीमा सभा गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>