Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
न्युजिल्याण्डः राष्ट्रिय झण्डा परिवर्तनको तयारी - Himalkhabar.com

थप समाचारबिहीबार, कार्तिक १३, २०७१

न्युजिल्याण्डः राष्ट्रिय झण्डा परिवर्तनको तयारी

हिमालखबर

न्युजिल्याण्डमा राष्ट्रिय झण्डा परिवर्तनका लागि सन् २०१५ र २०१६ मा गरी दुईपटक जनमतसंग्रह हुने भएको छ ।newzealand_flag

प्रधानमन्त्री जोन कीले स्वतन्त्र र आधुनिक देशको छवी निर्माणका लागि झण्डा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीले नयाँ राष्ट्रिय झण्डा कालो पृष्ठभूमिमा चाँदी रंगको फर्नको प्वाँख देखिने हुनुपर्ने समेत बताएका छन् ।

झण्डा परिवर्तनका लागि सन् २०१५ मा हुने जनमतसंग्रहमा समितिले प्रस्ताव गरेका झण्डाका विभिन्न डिजाइनमा जनताले आफ्नो सुझाव दिनेछन् । त्यसपछि सन् २०१६ मा अहिलेको डिजाइन र नयाँ डिजाइनको छनोटका लागि जनतासँग सुझाव मागिनेछ ।

यो वर्षको शुरुआतमै प्रधानमन्त्रीले जनमत संग्रह गराउनुपर्नेमा जोड दिंदै न्युजिल्याण्डको विद्यमान झण्डा औपनिवेशिक र उत्तर–औपनिवेशिक शासनको प्रतिक भएको बताएका थिए ।

न्युजिल्याण्ड र अष्ट्रेलियाका वर्तमान झण्डामा बेलायतको राष्ट्रिय झण्डा ‘युनियन ज्याक’ बनेको छ । कुनै बेला अष्ट्रेलिया र न्युजिल्याण्ड बेलायतको उपनिवेश थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>