Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जगदम्बाश्री र मदन पुरस्कार प्रदान - Himalkhabar.com

रमझमआइतबार, आश्विन २१, २०६९

जगदम्बाश्री र मदन पुरस्कार प्रदान

हिमालखबर

२–२ लाख रुपैयाँ राशीको पुरस्कार दुवै पुरस्कार २१ असोजमा ललितपुर, पाटनढोकामा आयोजित समारोहमा मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितले हस्तान्तरण गरे। तस्बीर:अनुशील/हिमालखबर

मदन पुरस्कार पाउने अमर न्यौपाने र जगदम्बाश्री पाउने संशोधन मण्डलका तर्फबाट दिनेशराज पन्त। तस्बीर:अनुशील/हिमालखबर

ललितपुर, पाटनढोकामा २१ असोजमा आयोजित एक समारोहका बीच मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितले २–२ लाख रुपैयाँ राशीको दुवै पुरस्कार हस्तान्तरण गरे ।

मदन पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्दै आएका यी पुरस्कारमध्ये मदन पुरस्कार सेतो धरती उपन्यासका लागि आख्यानकार न्यौपानेलाई दिइएको हो भने जगदम्बाश्री पुरस्कार ६ दशकभन्दा बढी समयदेखि नेपाली इतिहास, संस्कृत, गणित, व्याकरण र साहित्यको फाँटमा प्रामाणिक अनुसन्धान गरिरहेको मण्डललाई कदरस्वरुप  दिइएको हो । जनरल मदनशम्शेरकी रानी जगदम्बाले २०१२ सालमा स्थापना गरेको मदन पुरस्कार कृतिका लागि प्रदान गरिन्छ । त्यस्तै मदन पुरस्कार गुठीले २०४५ मा स्थापना गरेको जगदम्बाश्री अनुसन्धानमा केन्द्रित कृति, व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।

समारोहमा विद्वतप्रवचन दिदै प्रमुख डा. चैतन्य मिश्रले ऐतिहासिक चेत विना समाजको विश्लेषण नितान्त अपुरो, अविश्वनीय र अप्रामाणिक हुने बताए । इतिहासको प्रवाह मानव र समाजनिर्मित प्रवाह भएकाले ऐतिहासिक प्रवाहले समाजलाई पुनर्गठित गर्ने भन्दै उनले थपे, “म इतिकासकार हैन तर विगत, वर्तमान र भष्विष्यको सन्धिकाल र सन्धिस्थल बुझ्न ब्यापक र तुलनात्मक चेत बाहेक अरु अश्त्र छैन ।” उनले लामोकालदेखि पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे भनेर पढिदै आएको र उनको हैसियत बडामहाराजदेखि बढाएर दन्त्य कथाका महानायक र अलौकिक–दैविक तहसम्म पुरयाउने काम भएको भन्दै धेरै मुलुकमा इतिहास लेखनको यहि परिपाटी रहेको उल्लेख गरे । उनले भने, “तर, हालका केहि वर्ष यता केहि नेपालीहरुका लागि भने पृथ्वीनारायण शाह महाखलनायक र दानव बनेका छन् । यो तानातानमा भविष्यमा पृथ्वीनारायण कता पर्छन हेर्न बाँकी नै छ ।”

समाजशास्त्री मिश्रले दश वर्षे ‘जनयुद्ध’ गरेर पनि माओवादीले आफ्नो मुल उद्देश्य, ४० बुँदेदेखि नौलो जनवाद प्राप्त गर्न नसकेको बताए । उनको भनाई थियो “‘जनयुद्ध’ शुरु गर्दा ताकाको गैरऐतिहासिक चेत अहिलेको सापेक्षितरुपले सहि ऐतिहासीक चेतका बीचमा ठुलो अन्तरविरोध, हजारौं समर्थक र अन्यको मृत्यु, पीडा, अंगभंग र उजाडिएको जीवन छ ।”

माओवादीले गरेका सबै किसिमका योजना एकपछि अर्को गर्दै फेल हुनुमा उपयुक्त ऐतिहासिक विन्दु र उपयुक्त सामाजिक संरचना बेगर इतिहासको प्रवाहलाई उल्टो घुमाउन सकिन्छ भन्ने गैरऐतिहासिक र गैरसांरचनिक चेत मुख्य कारण रहेको उनको भनाई थियो ।

समारोहमा पुरस्कृत आख्यानकार अमर न्यौपानेले आपूmले पाएको पुरस्कारबाट समग्र युवा पुस्ता पुरस्कृत भएको बताए । जगदम्बाश्री पाउने संशोधन मण्डलका तर्फबाट दिनेशराज पन्तले हालसम्म १३५ अङ्क प्रकाशीत भएको पूर्णिमा पत्रिकाको प्रकाशनका बारेमा जानकारी गराए ।

समारोहमा गुठीका अध्यक्ष कमलमणि दीक्षित र सदस्य सचिव कुन्द दिक्षितले गुठी तथा पुरस्कारको बारेमा जानकारी गराउँदै पुरस्कृतहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

समारोहमा गुठी तथा पुरस्कारको बारेमा जानकारी गराउँदै गुठीका सदस्य सचिव कुन्द दिक्षित। तस्बीर:अनुशील/हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>