खेलकुदबिहीबार, कार्तिक १३, २०७१

नेपाल डिभिजन ३ च्याम्पियन

हिमालखबर

नेपालले युगान्डालाई हराउँदै आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि रक्षा गरेको छ । मलेशियामा १३ कात्तिकमा भएको फाइनलमा गत वर्षकै प्रतिद्वन्द्वी युगान्डालाई ६२ रनले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को फाइनलमा गत वर्ष पनि नेपालले युगान्डालाई नै हराएको थियो ।

नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डा ४४.१ ओभरमै अलआउट भयो । उसले १६१ रन मात्र जोड्न पायो ।

नेपालका भुवन कार्कीले ३ र बसन्त रेग्मीले २ विकेट लिए । शक्ति गौचन, सोमपाल कामी र सागर पुनले समान एक–एक विकेट आफ्नो नाममा लेखाए ।

युगान्डाका लागि ५१ रन बनाएका रोगर मुकासाको योगदान पर्याप्त रहेन । खेलमा ६ विकेट समेत झारेर उत्कृष्ट प्रदर्शन गरे पनि उनले युगान्डालाई उपाधि जिताउन सकेनन् ।

युगान्डाविरुद्ध ब्याटिङ गर्दै ज्ञानेन्द्र मल्ल । तस्वीर साभारः आईसीसी

युगान्डाविरुद्ध ब्याटिङ गर्दै ज्ञानेन्द्र मल्ल । तस्वीर साभारः आईसीसी

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले एक बाँकी छँदा अलआउट हुँदै २२३ रन बनाएको थियो । नेपालका सागर पुन, नरेश बुढाऐर र ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए ।

एक छक्का र पाँच चौकाको मद्दतमा सागरले ६४ रन बनाए । पाँच चौकासहित ज्ञानेन्द्रले ५६ रन हाने भनेर एक छक्का र २ चौकाको मद्दतमा नरेशले ५१ रन जोडे ।

एक छक्का हानेका कप्तान पारस खड्का १३ बनाउँदा एलबीडब्लु भए । विनोद भण्डारीले ९, आरिफ शेख ८, सोमपाल कामी ७, मेहबुब आलमले ६ र बसन्त रेग्मीले २ रन बनाए ।

शक्ति गौचनले रन बनाउने मौका नै पाएनन् ।

प्रतियोगितामा शीर्ष दुई स्थानमा रहँदै फाइनल खेलेका नेपाल र युगान्डा डिभिजन २ मा उक्लिएका छन् । दुवै टीमले डिभिजन २ प्रतियोगितामा भाग लिनेछन् ।

डिभिजन २ को खेल ३–१० माघमा नामिबियामा हुनेछ । डिभिजन २ मा नेपालसहित युगान्डा, नामिबिया, नेदरल्याण्डस्, क्यानडा, र केन्या छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>