अर्थ/बजारबिहीबार, कार्तिक १३, २०७१

अनुदान सहायताबारे दक्षिण कोरियासँग सम्झौताको प्रारूपमा हस्ताक्षर

हिमालखबर

अर्थ मन्त्रालयमा १३ कात्तिकमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा र नेeeeeeपालका लागि कोरियाली राजदूत चो योङ जिनले उक्त सम्झौताको प्रारूपमा हस्ताक्षर गरे ।

सचिव शर्माले नेपालको सामाजिक–आर्थिक उन्नयनमा कोरियाले निरन्तर सहयोग गरेकामा आभार व्यक्त गर्दै सम्पन्न सम्झौताबाट नेपाल र कोरियाबीचको सम्बन्ध अझ सुदृढ भई त्यसले पारस्परिक सहयोगका नयाँ सम्भावना पहिल्याउने विश्वास व्यक्त गरे ।

सम्झौता नेपालको गरिबी न्यूनीकरण, दिगो आर्थिक विकास र सामाजिक विकासका निम्ति कोरियाली प्रतिबद्धता हो भन्दै राजदूत चोले कोरिया–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको चालीस वर्ष पुगेको अवसर पारेर सम्झौता हुनु सुखद भएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>