खेलकुदबिहीबार, कार्तिक १३, २०७१

प्रधानमन्त्रीले फोन गरेर नेपाली क्रिकेट टोलीलाई बधाई दिए

हिमालखबर

PM Relief Fundमलेशियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन–३ च्याम्पियन बनेको नेपाली टोलीलाई फोन गरेर बधाई दिएका छन् । खेलका क्रममा मलेशियामा रहेका नेपाली टोलीका कप्तान पारस खड्कालाई फोन गरी प्रधानमन्त्रीले बधाई दिएका हुन् ।

नेपाली टोली विजयी घोषित भएलगत्तै कोइरालाले कप्तान खड्कासँग फोनमा कुरा गर्दै नेपाल सरकार, नेपाली जनता र व्यक्तिगतरुपमा समेत टोलीलाई बधाई दिए ।

प्रधानमन्त्रीले नेपाली क्रिकेट टिमको सफलताले आगामी दिनमा अझ उत्कृष्ट खेल्दै सर्वोपरि स्थान हासिल गर्ने सफलता मिलोस् भन्ने शुभकामना दिएको प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

उनले डिभिजन टुमा पुगेर नेपाली क्रिकेट टोलीले राष्ट्रको  गौरव बढाएको बताएका थिए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>