थप समाचारबिहीबार, कार्तिक १३, २०७१

एप्पलका सीईओको घोषणा, ‘हो म समलैंगिक हुँ’

हिमालखबर

Apple-CEOब्लूमबर्ग बिजनसवीक टुडेमा लेख लेखेर बहुराष्ट्रिय कम्पनी एप्पलका सीईओ टिम कुकले आफू समलैंगिक (गे) भएको सार्वजनिक गर्दै गे हुनुमा आफूलाई गर्व लागेको बताएका छन् ।

५३ वर्षीय कुकले लेखेका छन्, “म खुलारुपमा भन्छु मलाई समलैंगिक हुनुमा गर्व छ र यो ममाथि ईश्वरको ठूलो अनुकम्पा हो ।”

आफू समलैंगिक भएकाले अन्य अल्पसंख्य समुदायका मानिसहरुले दैनिक सामना गर्नुपर्नेे चुनौतीबारे आफूले राम्रोसँग बुझ्न सकेको कुकले उल्लेख गरेका छन् ।

उनले एप्पलका धेरै कर्मचारीलाई आफू ‘गे’ भएको जानकारी छ भन्दै यसले आफूप्रति कर्मचारीको व्यवहारमा फरक नपर्ने बताएका छन् ।

आफू समलैंगिक भएको कुरा कहिल्यै नलुकाए पनि सार्वजनिक भने पहिलो पटक गरेको उनले लेखेका छन् । आफू समलैंगिक भएको सार्वजनिक गर्नु सजिलो नभए पनि समानताका लागि फाइदा पुग्ने कुकुको विश्वास छ ।

उनले लेखेका छन्, “म कुनै एक्टिविस्ट होइन तर, अरुको बलिदानले मलाई कति फाइदा भएको छ भन्ने मलाई थाहा छ ।”

“यदि एप्पलको सीईओ ‘गे’ हो भन्ने थाहापाएर कसैलाई आफ्नो अस्तित्वसँग तालमेलमा सहयोग पुग्छ, कसैको एक्लोपनलाई ढाढस मिल्छ या मानिसहरुलाई समनाताका लागि प्रेरणा पुग्छ भने मैले आफ्नो व्यक्तिगत कुरा सार्वजनिक गर्नै पर्छ,” उनले लेखेका छन् ।

गत वर्ष उनले वाल स्ट्रिट जर्नलमा लेख लेखेर सरकारलाई ‘इम्लोएमेन्ट ननडिस्क्रिमिनेशन एक्ट’ पारित गर्न अनुरोध गरेका थिए ।

कुकले आफू आजीवन समानताका लागि संघर्ष गरिरहने पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>