थप समाचारशुक्रबार, कार्तिक १४, २०७१

एउटै जिल्लाबाट एक बर्षमा २५ सय महिला विदेशिए

हिमालखबर

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार सिन्धुपाल्चोक जिल्लाबाट गत आर्थिक बर्ष ०७०sss/०७१ मा २५ सय महिला विभिन्न देश गएका छन् ।

विभागका अनुसार अरु भन्दा बढी यो जिल्लाबाट महिला विदेशिएका छन् । गरिबी, बेरोजगारी र देखासिकीले गर्दा उनीहरु कुबेत, बहराइन, साउदी अरेबियालगायतका मुलुक गएका छन् ।

सिन्धुपाल्चोक माओवादी द्वन्द्वले धेरै प्रभावित हुने जिल्लामध्येमा पर्छ । यसले पनि महिलालाई विदेश जान बढी उत्प्रेरित गरेको बताइएको छ ।

गत बर्ष नेपालबाट २९ हजार १५२ जना नेपाली महिला वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएको विभागको तथ्याङ्क छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>