थप समाचारशनिबार, कार्तिक १५, २०७१

दुर्घटनामा एक विदेशीसहित १० को मृत्यु, ३१ घाइते

हिमालखबर

१५ कात्तिक विहान सवा २ बजे काठमाण्डौबाट विराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको शुभश्री ट्राभल्स र इलामबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ४८४१ नम्बरको यात्रुबाहक बस एक-आपसमा ठोक्किंदा १० जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृत्यु हुनेमा एक जना रुसी नागरिक पनि  छन् ।

दुर्घटनामा शुभश्री ट्राभल्समा यात्रा गरिरहेकी इटहरीकी शान्ता लुइटेलको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै मेट्रो ट्राभल्समा यात्रा गरिरहेका अन्य ७ जनाको अस्पाल लैजाने क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रसियन महिला २६ वर्षीया डारिया मचकोवा, इलामका रोशन भट्टराई, मिलन अधिकारी, सुजाता काफ्ले, रक्षा श्रेष्ठ, र थर नखुलेकी आस्था रहेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता दिपक थापाले जानकारी दिए ।

त्यस्तै  उपचारको क्रममा इलामकै प्रविण आचार्यको हेटौंडा अस्पतालमा र प्रविण दाहालको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी अरु ३१ जना घाइते भएका छन् । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दशैंयता यो पाँचै ठूलो सवारी दुर्घटना हो ।

गत ९ कात्तिकमा ओखलढुंगामा जीप दुर्घटना हुँदा ११ को मृत्यु भएको थियो भने ७ कात्तिकमा काठमाडौंबाट रसुवा जाँदै गरेको वस नुवाकोटमा दुर्घटना हुँदा  १४ को मृत्यु भएको थियो ।

 

त्यसैगरी १ कात्तिकमा मकवानपुरमा ६ जना र ४ कात्तिकमा चितवनमा ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

यसबीचको सबै भन्दा ठूलो दुर्घटना डोटीमा २० असोजमा बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको थियो ।

सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>