रमझमशनिबार, कार्तिक १५, २०७१

‘टुल्के’को सुखद सुरुवात

हिमालखबर

हेम्जाकोटमा बस्ने ठकुरी परिवारको कथा चलचित्रमा छ। आफ्ना खानदानका अरूलाई richa_606528123साहुजी भनेर सम्मान हुन्छ टलकजंगसिंह ठकुरीलाई हेयको दृष्टिले टुल्के भनिन्छ। चलचित्रमा उसले आफ्नो गुमेको पहिचानको खोजी गरेको छ। ‘यो चलनचल्तीभन्दा बिल्कुलै पृथक् चलचित्र हो।

दर्शकले मन पराउने हुन् कि होइनन यसै भन्न सक्ने अवस्था थिएन’, निर्देशक बस्नेतले भने, ‘तर सौभाग्य नै भनौं पहिलो दिनको फिड्ब्याकले हामीलाई उत्साहित भएको छ। दर्शकले चलचित्र मन पराएका छन्।’

चलचित्रमा खगेन्द्र लामिछाने, ऋचा शर्मा, दयाहाङ राई, रवीन्द्रसिंह बानियाँ, बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहेको छ। कथा तथा पटकथा लेखक खगेन्द्र लामिछानेले अभिनयबाट पनि प्रशंसा पाएका छन्। नाटककी सेती चलचित्रमा फुलीका रूपमा देखिएकी छन्।

त्यो भूमिका निर्वाह गरेकी छन्, ऋर्चा शर्माले। चलचित्रले पहिलो दिन गरेको व्यापारबाट उनी पनि उत्साहित भएकी छन्। यस चलचित्रमा जेशन कुँवरको संगीत, अष्ट मर्हजनको द्वन्द्व समेटिएको छ।

अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>