थप समाचारशनिबार, कार्तिक १५, २०७१

जहाँ गोठमा पढ्छन् विद्यार्थीहरू

हिमालखबर

त्यहाँस्थित मिलन प्राथमिक विद्यालयको पक्की भवनसहित जग्गा नै स्याली नदीमा आएको बाढीले बगाएपछि स्थानीय विन्दू रानाको वस्तु444गोठमा विद्यार्थीलाई पढाइदै आएको छ । जीर्ण अवस्थाको गोठ पनि चुहिने भएकाले १०० विद्यार्थी पानी पर्दा बिदा बस्ने गरेको प्रधानाध्यापक देवकी पनेरुले बताइन् ।

विद्यार्थीले बस्नलाई घरबाटै चकटी बोकेर आउने गर्छन् । कमैया समुदायमा आर्थिक अवस्था न्यून भएकाले नयाँ भवन बनाउन सकेका छैनन् ।

अन्य विद्यालय जान पनि एक घण्टा हिड्नुपर्ने भएकाले गोठमै बालबच्चा बढाउनुपरेको अभिभावक रामप्रसाद रानाले बताए । उनले विद्यालय पुनःनिर्माणमा कसैले सहयोग नगरेको बताए ।

०६४ देखि सञ्चालन भएको विद्यालयमा पढाइरहेका दुई जना नीजि शिक्षकलाई तलब खुवाउन समेत नसक्ने अवस्था भएकाले गोठमै पढाउन बाध्य भएको विद्यालय व्यवस्थापन समितिका सदस्य मालती रानाले बताइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>