थप समाचारशनिबार, कार्तिक १५, २०७१

बाबुको ऋण तिर्न बन्धक बनाइएका बालकको उद्धार

हिमालखबर

लोकबहादुर खत्रीसँगै बालक रमेश ।

लोकबहादुर खत्रीसँगै बालक रमेश । तस्वीर: लक्ष्मण केसी, रुकुम

रुकुम पिपल– ४ का लोकबहादुर खत्रीले दाङ्को तुलसीपुरमा सञ्चालन गरेको होटेलमा दाङ सैंघाका वीरबहादुर विकले खाएको र केही सापटी रकमको ऋण तिर्न नसक्दा बन्धक बनाइएका वीरबहादुरका छोरा रमेशको जिल्ला बालकल्याण समिति रुकुमको पहलमा उद्दार गरिएको छ ।

बाबुले खाएको ऋण तिर्न छोरा रमेश पहिले तुलसीपुरको होटल र पछि लोकबहादुरको रुकुमस्थित घरमा काम गर्दै आएका थिए । तीन वर्षपछि मुक्त भएका ११ वर्षीय बालकलाई  आफनो घर कहाँ हो भन्ने समेत थाहा छैन ।

बुवा बीरबहादुरले तुलसीपुरमा लोकबहादुरले सञ्चालन गरेको होटलमा २०६८ माघ मा खाना तथा बास बसेको र लिएको केही सापटी रकम समेत तिर्न नसकेपछि छोरालाई खत्रीको होटलमा जिम्मा लगाएका थिए ।

“एक महिना सम्म होटलमा खाए–बसेको र सापटी समेत गरी रु ३६ हजार तिर्न नसकेपछि बीरबहादुरले ६ महिनापछि पैसा लिएर आउँछु त्यसबेला सम्म मेरो छोरालाई यहीँ होटलमा राख्नु भन्ने कागज गरी छाडेका थिए,” लोकबहादुर भन्छन, “६ महिना सम्म पनि वीरबहादुर आएनन् र मैले रमेशलाई मेरै घर रुकुम पठाएँ ।”

बालक रमेशले खत्रीको घरमा बस्तु भाउको स्याहार र खेतमा काम गर्दै आएका थिए ।
उद्धारपछि आवश्यक प्रक्रिया पूरा गरेर बालकलाई जिल्ला बालकल्याण समिति दाङमा बुझाउने बालअधिकार अधिकृत मानबीर ओलीले बताए ।

रमेशका कोही पनि आफन्तमा सम्पर्कमा नआएको बाल कल्याण समितिले जनाएको छ ।

खत्रीले बालकलाई कामलगाए वापत ४० हजार रुपैयाँ प्रदान गरेका छन् ।

लक्ष्मण केसी, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>