थप समाचारशनिबार, कार्तिक १५, २०७१

सार्क पाहुनाका लागि धुलिखेलमा हेलिप्याड निर्माण गरिंदै

हिमालखबर

केही दिनअघिदेखि शुरु भएको हेलिप्याड निर्माणको सम्याउने काम सकिएको र पक्की बनाउने तयारी थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सो हेलिप्याड बनाउन स्थानीय विकास मन्त्रालयले पछि भुक्तान गर्ने गरी रु २४ लाख खर्च लाग्ने अनुमान गरेको स्थानीय विकास अधिकारी प्रेम भट्टराईले जानकारी दिए ।

dhulikhelधुलिखेल नगरपालिका–१ स्थित डाँडामा हेलिकप्टर राख्न बन्न लागेका दुईवटा हेलिप्याड निर्माणको जिम्मेवारी खड्ग दल गण धुलिखेलले लिएको छ ।

शिखर सम्मेलनका लागि नेपाल आउने सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई सरकारले रिट्रिटका लागि धुलिखेलस्थित द्वारिकाज हिमालयन साङग्रीला होटलमा आवास तथा दुईपक्षीय वार्ताको व्यवस्था मिलाएको छ ।

यसबाहेक, धुलिखेलमा सुरक्षा व्यवस्थालाई कडा बनाउन स्थानीयरुपमा बैठक भइरहेको र सुरक्षा रणनीति तय भएको काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी केदार न्यौपानेले जानकारी दिए ।

यसअघि परराष्ट्र मन्त्रालयको नेतृत्वमा आएको टोलीले सुरक्षा संवेदनशीलताको विषयमा जानकारी लिइसकेको छ । शिखर सम्मेलन उद्घाटनपछि राष्ट्र एवम् सरकार प्रमुखलाई रिट्रिटमा लैजाने र सम्भव भएसम्म दुईपक्षीय वार्ताको वातावरण तय गरिदिने प्रचलन छ ।

सन् २००२ को ११औँ शिखर सम्मेलनमा नगरकोटमा रिट्रिट दिने भनिए पनि सफल भएको थिएन । आगामी मङ्सिरको १० र ११ गते १८आँै शिखर सम्मेलन काठमाडौँमा आयोजना हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>