थप समाचारआइतबार, कार्तिक १६, २०७१
इरानमा भलिबल हेर्ने युवतीलाई जेल
बेलायतबाट कानूनमा स्नातक गरेकी इरानी मूलकी २५ वर्षीया बेलायती युवती गोन्चेह गवामीलाई भलिबल प्रतियोगिता हेर्न गएका बेला तेहरान स्टेडियमबाट प्रहरीले पक्राउ गरेर चार महिनादेेखि जेल हालेको छ ।
गवामीका वकिलका अनुसार अदालतले उनलाई एक वर्षको सजाय सुनाए पनि सजायको कारण भने खुलाएको छैन । इरानी अधिकारीहरुले भने गवामीलाई सुरक्षाका कारण पक्राउ गरिएको बताएका छन् ।
गवामी पछिल्लो ४ महिनादेखि तेहरानको जेल ‘एविन प्रिजन’ मा कैद छिन् ।
उनका साथी र परिवारजनले गवामीको रिहाइको माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाएका छन् । उनीहरुका अनुसार वकिल र परिवारलाई जेल हाल्नुको कारण बताइएको छैन ।
यसअघि तेहरानको रंगशालामा भलिबलका महिला प्रशंसक र महिला पत्रकारहरुलाई खेल हेर्न रोक लगाइएको थियो ।
इरानका प्रहरी प्रमुख जनरल इस्माइल अहमदी मोगाद्दमका अनुसार पुरुष र महिला यस्तो अवस्थामा सँगै रहनु ‘सार्वजनिक हित’ मा हुँदैन । उनले गवामीलाई पक्राउ गरेर कानूनको पालना गरेको बताएका छन् ।
इरानमा महिलाहरुलाई फुटबल हेर्न पनि रोक लगाइएको छ ।
बीबीसीबाट साभार
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
