रमझमसोमबार, कार्तिक १७, २०७१

भिलेन सदाशिवको निधन

हिमालखबर

इन्टरनेट तस्वीर

इन्टरनेट तस्वीर

हिन्दी फिल्मका खलनायक सदाशिव अमरापुरकरको १६ गते राति निधन भएको हो । फोक्सोको संक्रमणबाट पीडित उनको कोकिलाबेन धीरभाई अम्बानी अस्पतालमा उपचारको क्रममामा निधन भएको हो ।

६४ वर्षीय उनको १६ कात्तिक राति ३ बजे निधन भएको पारिवारिक स्रोतले बताएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

उनले २५० फिल्ममा अभिनय गरेका छन् । उनका अर्धसत्य, सडक, हुकूमत, आँखें, इश्क लगायतका चर्चित फिल्म हुन् ।

उनले सन् १९९१ म सर्वश्रेष्ठ खलनायकका लागि फिल्म फेयर अवार्ड जितेका थिए । उनको अन्तिम संकार १८ कात्तिकमा भारतको अहमदनगरमा गरिने भारतीय संचारमाध्यले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>