थप समाचारसोमबार, कार्तिक १७, २०७१

गाँजासहित ६ पक्राउ

हिमालखबर

सन्तोष रुचाल, धनकुटा

भरततर्फ लैजाँदै गरेको अवस्थामा धनकुटा प्रहरीले ठूलो परिमाणको गाँजासहित ओसारपसारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । भ्यानमा राखेर गाँजा लगिरहेको अवस्थामा १६ कात्तिक राति ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई धनकुटाको मूलघाटबाट ९८ किलो गाँजासहित पक्राउ गरिएको हो । गाँजा ओसार्न प्रयोग गरिएको को १ त ७९३१ नम्बरको निजी भ्यान र चालक समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी धनकुटाका प्रहरी नायव उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए ।

भ्यानबाट गाँजा भारतको जोगबनीतर्फ लैजाँदै गरिएको प्रहरीको भनाइ छ । गाँजा तस्करीमा संलग्न थप व्यक्तिको पनि खोजि भइरहेको राउतले बताए ।

प्रहरीले पक्राउ गर्नेको नाम भने सार्वजनिक गरेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>