अर्थ/बजारसोमबार, कार्तिक १७, २०७१
‘कृषि दशक’ घोषणा गर्ने तयारी
कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले नेपालको कृषि बजेटमा गत वर्षको तुलनामा रु. एक अर्ब बजेट बढी छुट्टयाइएको जानकारी दिँदै कृषि क्रान्ति सफल पार्न यसमा आधुनिकीकरण गर्नुपर्ने बताए ।
कृषि क्रान्तिको आधार तयार भइसकेको बताउँदै उनले भने, “विदेशबाट अझै वार्षिक रु. एक खर्बको खाद्यवस्तु आयात गर्नुपर्ने अवस्था न्यूनीकरण गर्न यस वर्ष एक हजार १०० युवालाई कृषि प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।”
यो वर्ष धानको समर्थन मूल्य रु. दुई हजार २८८ निर्धारण गरिएको छ । आगामी पाँच वर्षभित्र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउन कम्तीमा पाँच गाई र पाँच भैँसी पाल्ने कृषकलाई अनुदान दिने योजना भइरहेको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
