थप समाचारसोमबार, कार्तिक १७, २०७१

बृद्ध दम्पत्तीलाई सहयोग गर्ने शिक्षक पनि कार्बाहीमा

हिमालखबर

कार्बाहीमा परेका शीक्षक

कार्बाहीमा परेका शीक्षक

अर्गली–२, फोश्राम निवासी ६९ वर्षीय बृद्ध लोकनाथ पराजुली र ६५ वर्षीय उनकी श्रीमती राधाले खानेपानीको बिल नतिरेको भन्दै स्थानिय समाजले उनीहरुलाई सामाजिक बहिस्कार गरेका थिए ।

दम्पत्तिको घरमा गएर बोलचाल गरेको र सहयोग गरेको भन्दै शिक्षक बिष्णु पाण्डेलाई कारबाही स्वरुप तीन सय जरिवाना काटिएको छ । पानी उपभोग बापत तिर्नुपर्ने २५ सय रुपैयाँ ब्याज र बिभिन्न दण्ड जरिवाना गरी दम्पत्तीलाई १० ह

जार बढी कार्बाही ताकिएको छ ।

रकम नबुझाएका दम्पत्तिको घरमा पाँच महीनादेखि पानी काटिएको छ । पानीकै अभाबमा दम्पत्तिले ५ रोपनी खेत बाझो राखेका छन् ।

काम गर्न नसक्ने भएपछि आफुहरु एक्ली छोरी सिता पाण्डको घरमा बसेको र छोरीले नै पानीको बिल तिरे पनि आफुहरुलाई समेत पानीको बिल तिर्न लगाएको लोकनाथ पराजुलीले गुनासो गरे । कारबाहीमा परेका शिक्षक विष्णुप्रसाद पाण्डेका अनुसार लोकनाथ दम्पत्तिसँग बोलकै कारण समितिले आफ्नो परिवारसँग तीन सय जरिवाना लिएको छ ।

देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>