Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
महाकाली नदीमा हराएको ट्याक्टर भेटियो - Himalkhabar.com

थप समाचारमंगलबार, कार्तिक १८, २०७१

महाकाली नदीमा हराएको ट्याक्टर भेटियो

हिमालखबर

दार्चुलाको अपी नगरपालिका–१३ किम्तडीका स्थानीय कृष्णराज जोशीले खलङ्गातर्फ आउने क्रममा नदीमा ट्याक्टरका पाटपुर्जा देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

अनपा–१३ बाट ढुङ्गा ल्याएर सदरमुकामतर्फ आउने क्रममा से१त ४५१३ नम्बरको ट्याक्टर अनपा–१३ किम्तडीको भिरबाट ४ असारमा महाकाली नदीमा खसेको थियो ।

त्यसबेला नदीमा पानीको बहाव अत्यधिक रहेकाले ट्याक्टर फेला पार्न सकेको थिएन । ट्याक्टर नदीमा खस्दा ट्याक्टरधनी बाजुरा दोगाडी– ४ का ५० वर्षीय इन्द्रबहादुर बुढा तथा अनपा–१३ का १५ वर्षीय शेरसिंह ठगुन्ना बेपत्ता भएका थिए ।

बेपत्ता भएकाको अवस्था भने अहिलेसम्म अज्ञात छ ।

ट्याक्टरमा सवार अनपा–१३ का हिरादेवी ठगुन्ना तथा चालक बाजुरा दोगाडी–४ का टेकबहादुर बुढा हामफालेर बाँच्न सफल भएका थिए ।

ट्याक्टरमा बढी लोड भएकाले ओरालो सडकमा ब्रेक फेल हुँदा इन्जिन चुँडिएर अगाडिको भाग नदीमा खसेको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>