थप समाचारमंगलबार, कार्तिक १८, २०७१
पारस शाह भन्छन, ‘३० प्रतिशतको लोभमा फसाइयो’
अली लामै समयपछि फेसबुकमा देखा परेका पारस शाहले वैजनी रंगको कपडा टाउकोमा बेरेको अनौठो तस्वीर अपलोड गरेका छन् । तस्वीरमा उनको अनुहार पहिले भन्दा निकै फरक र ख्याउटे देखिन्छ ।
शाहले पक्राउ परेकाबाट असुल हुने रकमको ३० प्रतिशत सुराकीलाई दिइने कानूनी व्यवस्था उल्लेख गर्दै त्यसकै लोभमा आफूलाई फसाइएको दाबी गरेका छन् ।
अस्पष्ट र अधुरा वाक्यसहितको फेसबुक स्टाटसमा उनले आफू पक्राउ पर्नुमा आफ्नी प्रेमिकाको ‘कजन’ को हात रहेको आशय व्यक्त गरेका ।
शाहको फेसबुक स्टाटस अंशको अनुवाद
“७ अक्टोबर उनको (मेरी प्रेमिकाको) जन्मदिन… पार्टी थियो …. यसअघिको मुद्दामा पनि अदालतमा मलाई कसुर स्वीकार गर्न लगाइएको थियो । मलाई फसाइएको हो भन्ने प्रमाण पनि मसँग छ ।
गत ४ वर्षदेखि मैले यी महिलालाई चिन्छु र यहाँको कानूनका बारे पनि थाहा छ ।
मेरो उनीसँग रातभर झगडा भइरह्यो । १२ बजे म उनको शहरमा पक्राउ परें उनका ‘कजन’बाट… यो भन्दा धेरै भन्न सक्दिन अहिले मुद्दा चलिरहेको छ । यहाँको कानूनका अनुसार पक्राउ परेकाबाट जति असुल हुन्छ त्यसको ३० प्रतिशत सुराकीलाई दिइन्छ ।
मेरो परिवार र साथीहरु, म मुर्ख होइन । मसँग मुटु छ… आफ्नै जीवनको जुवा खेल्न… परिवार र देशका खातिर…”
यसअघि उनले अदालतमा आफूमाथि लगाइएको आरोप अस्वीकार गर्न खोज्दा त्यसो गरेपछि झन ठूलो दण्ड पाइने भन्ने डर देखाइएकाले जवरजस्ती आरोप स्वीकार गर्नु परेको उल्लेख गरेका थिए ।
फेसबुकमा उनले आफ्ना बाबु पूर्व राजा, परिवार र देशप्रति पनि चिन्ता देखाएका छन् ।
पारस शाह यसअघि दुइ पटक लागु औषधसम्बन्धी मुद्दामा र एकपटक तोडफोडको आरोपमा गरी तीन पटक थाइल्याण्डमा पक्राउ परिसकेका छन् । उनी करिव एक वर्ष लागु औषधको कुलत छुटाउन पुन:स्थापना केन्द्रमा समेत बसेका थिए । मुटु रोगी समेत रहेका पारसको स्वास्थय अवस्था तस्वीरमा निकै खस्केको देखिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
