Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अख्तियार प्रमुख कार्कीलाई लेखा समितिले बोलाउने - Himalkhabar.com

थप समाचारमंगलबार, कार्तिक १८, २०७१

अख्तियार प्रमुख कार्कीलाई लेखा समितिले बोलाउने

हिमालखबर

अख्तियार प्रमुख लोकमानसिंह कार्की ।

अख्तियार प्रमुख लोकमानसिंह कार्की ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कार्यक्षेत्र मिचेर विभिन्न विकास आयोजनाको काम रोक्न निर्देशन दिएको र असान्दर्भिक विषयमा समेत चासो राखेर अनावश्यक विवाद खडा गरेका कारण प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई छलफलका लागि बोलाइएको लेखा समितिका सभापति जनार्दन शर्माले जानकारी दिएका छन् ।

शर्माले भने, “अनियमितता भएको क्षेत्रमा आयोगले चासो राख्नु स्वभाविक हो, तर चासो राख्नु नपर्ने ठाउँमा समेत हस्तक्षेप गरेको ठानेपछि जानकारी लिन सांसदहरुले माग गरेबमोजिम कार्कीसँग छलफल गर्ने निर्णय समितिले गरेको हो ।”

यस्तै, संसद्कै अर्थ समितिले पनि १९ कात्तिकमा आयोग प्रमुख कार्कीसँग छलफल गर्ने भएको छ भने कृषि तथा जलस्रोत समितिले पनि आयोगसँग छलफल गर्ने निर्णय गरेको छ ।

सार्वजनिक विषयमा चासो राख्ने संसद्को निकाय लेखा समिति भएकाले आयोगसँग पनि समन्वय गरेर जानुपर्ने आवश्यकता महसुस भएको सांसदहरुको भनाइ थियो ।

लेखा समितिमा परेका उजुरीमध्ये अधिकांश उजुरी आयोगमा समेत परेको पाइएको र उजुरीमा द्विविधा देखिएकाले एकरुपता ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

लेखा समितिको १८ कात्तिकको बैठकमा छलफल भएको काठमाडौँ टावर निर्माणको बोलपत्र रद्द गरी पुनः बोलपत्र आह्वान गर्ने भन्ने विषय पनि आयोगमा छलफलको क्रममा रहेको छ ।

‘टावर निर्माण किन ?’

पुरानो बसपार्कम निर्माण हुने टावर महानगरले निजी क्षेत्रलाई निर्माण गर्न दिने तयारीमा छ । राष्ट्रिय सभागृहको उत्तरतर्फ रहेको पुरानो बसपार्कमा ३० तल्ले अग्लो संरचना निर्माण गर्दा सुरक्षाका विषयमा नेपाली सेना, नागरिक उड्डयन प्राधिकरण, सहरी विकास मन्त्रालय, काठमाडौँ उपत्यका विकास प्राधिकरणलगायतका निकायसँग सहमति नलिई काम शुरु गर्न लागेको बताइएको छ ।

विशाल संरचना निर्माण गर्न लाग्दासमेत वातावरणीय प्रभाव मूल्याङ्कन नगरिएको र विस्तृत परियोजना प्रतिवेदनसमेत तयार नपारिएको भन्दै सांसदहरुले महानगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर श्रेष्ठसँग जिज्ञासा राखेका थिए ।

कार्यकारी प्रमुख श्रेष्ठले टावर निर्माण प्रक्रिया अगाडि नबढेको र पूर्व तयारी मात्रै भएको भन्दै अहिल्यै केही भन्न नसकिने धारणा राखेका थिए ।

टावर निर्माणका सन्दर्भमा सत्यतथ्य जानकारी गराउन माग गर्ने सांसदहरुमा टोपबहादुर रायमाझी, रामहरि खतिवडा, रुपा मर्हजन, भानुभक्त ढकाल, मोहनबहादुर बस्नेत, डिलबहादुर नेपालीलगायत थिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>