खेलकुदमंगलबार, कार्तिक १८, २०७१
एन्फा अध्यक्ष थापा निलम्बित
अखिल नेपाल फूटबल संघ (एन्फा) अध्यक्ष गणेश थापा निलम्बित भएका छन् । विश्व फूटबल महासंघ (फिफा) ले १२० दिन निलम्बन गरेको हो ।
१८ कात्तिकदेखि लागू हुने गरी थापालाई निलम्बित गरेको फिफाले जनाएको छ । फिफाका अनुसार उनी फूटबलसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि गतिविधिमा संलग्न हुन पाउने छैनन् ।
फिफाको आचार संहिता उल्लंघनको आरोपबारे छानबिन शुरु गरेको जनाउँदै फिफाले आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
