खेलकुदबिहीबार, कार्तिक २०, २०७१

सचिन तेन्दुलकरको ‘प्लेइंग इट माइ वे’ प्रकाशित

हिमालखबर

‘प्लेइंग इट माइ वे’  विमोचन कार्यक्रममा पत्नी अञ्जलीका साथ सचिन तेन्दुलकर ।

‘प्लेइंग इट माइ वे’ विमोचन कार्यक्रममा पत्नी अञ्जलीका साथ सचिन तेन्दुलकर ।

विमोचन समारोहमा आफ्नो जीवनका व्यक्तिगत विषय सार्वजनिक गर्दै सचिनले पत्नी अञ्जलीसँगको भेट, प्रेम र विवाहका बारेमा पनि कुरा गरे । अञ्जली पहिलो पटक सचिनको घर जाँदा पत्रकारको भेषमा गएको पनि उनले खुलासा गरे । ‘प्लेइंग इट माइ वे’ मा सचिनले आफ्नो क्रिकेट जीवनका थुप्रै रोचक प्रसंगहरु उल्लेख गरेका छन् ।

उनले आत्मकथामा आफूलाई सन् १९९७ मा कप्तानीबाट हटाइएकोमा आफूलाई भएको पीडाको खुलासा गरेका छन् । आफूलाई थाहै नदिई कप्तानबाट हटाइनु निकै लज्जाजनक र अपमानजनक भएको सचिनले उल्लेख गरेका छन् ।

४१ वर्षीय क्रिकेटरले आफ्नो कप्तानीका बेला केही खेलाडीहरुले आफूलाई ‘स्किपर’ (कमाण्डर) भन्ने गरेको सम्झँदै लेखेका छन् “ढाका टुर्नामेन्टका बेला पनि एक जना खेलाडी ‘स्किपर’ भन्दै कराए र मैले जवाफका लागि टाउको घुमाएँ तर, सम्झिएँ ए अब त म भारतीय टोलीको कप्तान छैन ।”

‘प्लेइंग इट माइ वे’  आफ्नी आमालाई दिंदै सचिन ।

‘प्लेइंग इट माइ वे’ आफ्नी आमालाई दिंदै सचिन ।

“मलाई आफ्नो ब्याटिङमा ध्यान दिनु थियो र टिमका लागि केही म्याच जित्नु थियो । त्यसैले मैले खेलिरहें,” सचिनले लेखेका छन् ।

उनले आफू राम्रो प्रदर्शनका लागि एकाग्र भएर खेल्ने भन्दै बंगलादेशमा एक म्याचका बेला साइट स्क्रीनमा केही हलचल भएर एकाग्रता भंग हुँदा आउट हुनु परेको बताएका छन् । उनले लेखेका छन्, “पेभेलियन फर्कंदै गर्दा म बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अशरफुल हकसँग कराएको थिएँ, जो पछि मेरा असल साथी बने ।”

मेडिकलकी छात्रा अञ्जलिले पहिलो पटक सचिनलाई एअरपोर्टमा देखेपछि आमालाई लिन पुगेकी उनी सचिनका पछि दौडेकी थिइन् । सचिनको ‘क्युट’ अनुहार र आकर्षक व्यक्तित्वले मोहित भएकी उनले सचिनलाई बोलाए पनि सचिन भने लाजले रातो पिरो भएर बोल्नै सकेनन् ।

कार्यक्रममा सुनील गावस्कर, दिलीप वेंगसरकर, रवि शास्त्री, सौरभ गांगुली, राहुल द्रविड़, वीवीएस लक्ष्मण, हर्ष भोगले जस्ता क्रिकेटका दिग्गज उपस्थित थिए ।

एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>