थप समाचारशुक्रबार, कार्तिक २१, २०७१

दाइजोको निहुँमा हत्या गर्ने एकै परिवारका आठ जना पक्राउ

हिमालखबर

मोरङको बुधनगर–४ का ६० वर्षीय महेन्द्र शर्मासहित सात जनालाई ३२ वर्षीया मीरादेवी शर्माको हत्या आरोपमा इलाका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ४० वर्षीय देवानन्द शर्मा, ३५ वर्षीय चन्दन शर्मा, ३० वर्षीय दीपक शर्मा, २५ वर्षीय प्रकाश शर्मा, १६ वर्षीय पङ्कज शर्मासहित महिला सदस्य बिन्दा र सरितादेवी शर्मा छन् ।

महेन्द्र शर्मा हत्या गरिएकी मीरादेवीका ससुरा, बिन्दादेवी सासु र चन्दन शर्मा श्रीमान् हुन् । देवानन्द जेठाजु र सरितादेवी जेठानी हुन् । प्रकाश र पङ्कज चाहिँ देवर हुन् ।

उनीहरुले दाइजो कम ल्याएको निहुँमा छठ पर्वको समयमा कात्तिक १० गते साँझ मीरादेवीलाई कुटपिट गरी हत्या गरेका थिए ।

उनीहरुले घटना लुकाउन मीराको शव भारतीय भूमिका लगेर जलाएका थिए ।

घटना सार्वजनिक भएपछि प्रहरीले पहिले सासू बिन्दा र जेठानी सरितादेवीलाई पक्राउ गरेको थियो । फरार भएका अन्यलाई भने भारतीय प्रहरीको सहयोगमा बुधबार विराटनगर–२२ मटेर्वा क्षेत्रबाट पक्राउ गरिएको इप्रका रानीका निरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

भारत विहार राज्यको अररिया जिल्लाको बथनाह माइती भएकी मीराको १२ वर्ष पहिले बुधनगर–४ का चन्दन शर्मासँग विवाह भएको थियो । मीरालाई परिवारले दाइजो कम ल्याएको भन्दै निरन्तर दुःख दिँदै आएका थिए ।

पक्राउ गरिएका आरोपितलाई मोरङ जिल्ला अदालतमा कर्तव्य ज्यानअन्तर्गत म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>