रमझमआइतबार, कार्तिक २३, २०७१
राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा सुवाल
राष्ट्रिय फोटो पत्रकार समूहको २३ कात्तिकमा काठमाडौंमा सम्पन्न सातौँ महाधिवेशनले राजभाइ सुवालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको निर्वाचन अधिकृत रामजी दाहालले जानकारी दिएका छन् ।
समितिको उपाध्यक्षमा वीरगन्जका फोटो पत्रकार राम सर्राफ, महासचिवमा राष्ट्रिय समाचार समिति (रासस) का कुमार श्रेष्ठ, सचिवमा हिमाल खबर पत्रिकाकी देवकी विष्ट र कोषाध्यक्षमा गोरखापत्रकी कविता थापा चयन भएका छन् ।
त्यसैगरी, सदस्यमा किरण आचार्य, जनार्दन अर्याल, विजु जोशी, प्रवीण महर्जन र न्हुच्छेँमान डङ्गोल छन् ।
समूहको महाधिवेशनको सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले उट्घाटन गर्नुभएको थियो ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
