थप समाचारआइतबार, कार्तिक २३, २०७१

सर्वोच्च कमान्डर सिंहलाई वेबसाइटमा हेर्न सकिने

हिमालखबर

Ganesh-Singh-janma-satabdi_bannerगणेशमान फाउन्डेसनको आयोजनामा २३ कात्तिकमा काठमाडौंमा भएको कार्यक्रममा नेता सिंहको जीवनीमा आधारित वेबसाइट www.ganeshmanfoundation.org  को शुभारम्भ गरिएपछि उनका बारेमा सम्पूर्ण जानकारी लिन सकिने भएको छ ।

वेबसाइटको शुभारम्भ गर्दै उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले गणेशमान जस्तो नेताको अभाव अहिले पनि यो मुलुकमा खड्केको बताए ।

पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेता गणेशमानको जीवनीको चर्चा गर्दै उनी कहिल्यै पदको पछि नलाग्ने नेताको रुपमा आफूलाई परिचित गराएको धारणा व्यक्त गरे ।

नेता गणेशमानको १०० औँ जन्मजयन्तीका अवसरमा शुभारम्भ गरिएको सो वेबसाइटमा उनको जीवनी, तस्वीर, भाषण, वृत्तचित्रलगायतका सामग्री राखिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>