थप समाचारआइतबार, कार्तिक २३, २०७१
गाडी चालक र युवती सँगै बस्न नपाउने
हिमाली यातायात व्यवसायी सङ्घ शाखा कटारी र इलाका प्रशासन तथा प्रहरीसहितको कटारीमा बसेको बैठकले सवारी दुर्घटना कम गर्न यस्तो निर्णय गर्नु परेको हिमाली यातायात व्यवसायी सङ्घ शाखा कटारीका प्रमुख शत्रुघन कार्कीले बताएका छन् ।
चालक र युवती नजिकै या सँगै बस्दा बढी गफ हुने र त्यसबाट चालकमा एकाग्रता नरहने हुनाले पनि आफूहरुले सवारी दुर्घटना कम गर्ने प्रयास स्वरुप यस्तो निर्णय लिइएको हो ।
यो निर्णय कानून विपरीत देखिए पनि यसले सवारी दुर्घटनामा कम गर्न सघाउ पुग्ने इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सरोज पौडेलले बताए ।
आगामी दिन कटारीबाट सञ्चालन हुने सवारी साधनहरुमा चालकले युवती आफ्नो छेउमा या सँगै राखेर सवारी सञ्चालन गरेको भेटिए कम्तीमा पनि रु पाँच हजारसम्म चालकलाई जरिवाना गरिने छ ।
चार दिनअघि मात्र जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटले जिल्लामा सवारी दुर्घटना न्यून गर्न ११ बुँदे नीति तथा कार्यक्रमसमेत ल्याएको थियो ।
अहिले उदयपुरको कटारी क्षेत्रबाट लामो तथा छोटो दूरीको गरेर झन्डै ६० भन्दा बढी सवारी साधन दैनिक सञ्चालन हुने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
