खेलकुदआइतबार, कार्तिक २३, २०७१
नेपालको शानदार जीत, साउदीलाई १९५ रनले हरायो
२४ कात्तिकमा कुबेतमा भएको एसिसी यु–१९ प्रिमियर प्रतियोगिताको नेपालले दिएको ३२२ रनको लक्ष्य भेट्टाउन मैदानमा उत्रिएको साउदी अरेबिया १२६ रनमै अलआउट हुन पुगेको छ ।
नेपाली आक्रमक बलरका सामू साउदीको कुनै जोर चलेन । साउदी अरेबिया ३७.५ ओभरमा सबै विकेट गुमाएर १२६ रनमा सीमित भयो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि शंकर रानाले ११ चौका र २ छक्काको मद्दतले ८२ बलमा ८९ रन बनाए। कप्तान राजु रिजालले ५३ बलमा २ चौकासहित ४९ रन बनाए। दीपेन्द्र ऐरीले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गरी ४३ रन बनाए।
त्यसैगरी उपकप्तान आरिफ शेखले ३३, सुनिल धमलाले २६, प्रेम तामाङले ११, योगेन्द्र कार्कीले १०, सौरभ खनालले २३ रन बनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
