खेलकुदसोमबार, कार्तिक २४, २०७१
नेपालको विशाल जीत
नेपालले एसीसी यु–१९ प्रिमियर लिगको दोस्रो खेल पनि विशाल रनअन्तरले जितेको छ । कुबेत सिटीमा २४ कात्तिकमा नेपालले आयोजक कुबेतलाई २६२ रनले हराएको हो ।
नेपालले दिएको ३२६ रनको लक्ष्य पछ्याएको कुबेत २७.४ ओभरमा ६३ रन बनाउँदै अलआउट भयो ।
नेपालको किफायती बलिङ अघि कुबेती ब्याट्सम्यान नीरिह रहे । नेपालका सबै बलरले दर्शनीय प्रदर्शन गरे ।
सात ओभर बलिङ गरेका सुशील कँडेलले ३ मेडन राख्दै मात्र ४ रन दिए । उनले एक विकेट समेत झारे ।
अर्सद अहमदले ३४ बल खेल्दै १२ रन मात्र दिए । दुई विकेट लिएका उनले एक मेडन राखे ।
दुई विकेट लिएका सुनिल धमलाले १८ बलमा मात्र ७ रन दिए । दीपेश श्रेष्ठले दुई विकेट नै लिए । सात ओभर खेलेका उनले एक मेडन राख्दै १६ रन दिए ।
पाँच ओभर खेलेर २४ रन दिएका आरिफ शेखले एक विकेट लिए ।
नेपालले २३ कात्तिकमा पनि साउदी अरेबियालाई १९५ रनको विशाल अन्तरले खेल जितेको थियो ।
कुबेतमा जारी प्रतियोगितामा नेपालसहित साउदी अरेयिबा, कुबेत, अफगानिस्तान, मलेशिया र यूएई सहभागी छन् ।
राउन्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताका शीर्ष दुई टोलीले आईसीसी यु–१९ विश्वकपको विश्वस्तरको छनौटन खेल्न पाउनेछन् । शीर्ष चार टोली भने एसीसी यु–१९ एशिया कपका लागि छनौट हुनेछन् ।
———————————————————————————————————————————————
यु–१९ क्रिकेटः नेपालद्वारा कुबेतलाई ३२६ रनको लक्ष्य
एसीसी यु–१९ प्रिमियर लिगमा नेपालले कुबेतलाई ३२६ रनको लक्ष्य दिएको छ ।
एसीसी यु–१९ प्रिमियर लिगमा नेपालले आफ्नो दोस्रो खेलमा आयोजक कुबेतविरुद्ध खेलिरहेको छ । कुबेत सिटीमा जारी प्रतियोगितामा नेपालले कुबेतले ३२६ रनको विशाल लक्ष्य दिएको छ ।
खराब शुरुवात गरेका नेपाली ब्याट्सम्यानले सम्हालिंदै विशाल स्कोर खडा गरेका हुन् । ४.२ ओभरमा ९ रनको स्थितिमा ३ विकेट गुमाएको नेपालले ५० ओभर नै खेल्दै ७ विकेटको क्षतिमा ३२५ रन बनायो ।
नेपालका लागि राष्ट्रिय टोलीबाट पनि खेलिसकेका आरिफ शेखले ६ चौकासहित ८७ रन जोडे । ४ चौका र २ छक्का हानेका सौरभ खनालले ६४ रन बनाए । नटआउट रहेका उनले ३५ बलको सामना गरेका थिए ।
सन्दीप सुनार र दीपेन्द्रसिंह ऐरी भने अर्धशतक बनाउनबाट चुके । एक छक्का र ६ चौका हानेका सन्दीप ४९ रनमा आउट भए । २० बलमा ४८ रनको योगदान गरेका दीपेन्द्रले ४ छक्का र २ चौका हानेका थिए ।
कप्तान राजु रिजालले ३१ रनको योगदान गरे । प्रेम तामाङले ५, सुनिल धमला तथा सुशील कँडेलले एक–एक रन जोडे । शंकर रानाले भने रन बनाउने मौका पाएनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
