थप समाचारमंगलबार, कार्तिक २५, २०७१
धादिङका किसानलाई अनुदान
जिल्ला कृषि कार्यालय धादिङले ढिला रोपाइँ गरेर धान उत्पादनमा कमी भएका किसानलाई उन्नत जातको गहुँ र मकैको बिउमा केही प्रतिशतसम्म अनुदान दिने भएको छ । यो वर्ष धान उत्पादनमा समस्या भएकाले बिउमा अनुदान दिन लागिएको धादिङका वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडालले जानकारी दिए ।
समयमै रोपाइँ गर्न नपाएका कारणा यो वर्ष केही किसानको धान उत्पादन हुन नसेको कार्यालयको भनाइ छ । तर, किसानले भने कृषि कार्यालयबाट वितरित रामधान जातको धानको बिउ नपसाएको आरोप सगाएका छन् ।
कौडालले बिउ लगेर पनि किसानले समयमै रोपाइँ नगर्दा धान उत्पादन हुन नसकेको बताए । उनले किसानलाई केही राहत पनि दिइने जानकारी दिए ।
धादिङका सल्यानटार, बुढाथुम, बसेरी, त्रिपुरेश्वर र निलकण्ठ नगरपालिकाको केही क्षेत्रमा यो वर्ष धान उत्पादन नहुने कार्यालयको भनाइ छ ।
सानुबाबु तिमिल्सिना, धादिङ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
