थप समाचारमंगलबार, कार्तिक २५, २०७१

जग्गा नदिएको निहुँमा प्रेमिकाले प्रेमीलाई जलाइन्

हिमालखबर

२४ कात्तिक राति नेपालगञ्ज–६ का ४८ वर्षीय सुरेन्द्र शुक्लालाई उनकी प्रेमिकाले जलाउँदा गम्भीर घाइते भएका छन् ।

घाइते शुक्लाको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भैरहेको छ । उनको ३३ प्रतिशत शरीर जलेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

शुक्लाकी प्रेमिका निलम सोनारलाई बाँके प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए ।

विगत १ बर्ष देखि प्रेममा रहेका सोनार र शुक्ला बेलाबेला सोनारकै घरमा सँगै बस्दै आएका थिए ।

रिक्सा मजदुर शुक्लाको नाममा रहेको जमीन आफनो नाममा पास गरिदिनका लागि सोनारले बेलाबेलामा दबाब दिने गरेको शुक्लाले बताएका छन् ।

घटना भएको रात पनि जमिन पास गरिदन दबाब दिई राति १२ बजे एउटै कोठामा सुत्न गई मट्टितेल छर्किएर आगो लगाएको पीडित शुक्लाले बताएका छन् ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>