Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
युलियाको सुशीला सपना - Himalkhabar.com

रमझमबुधबार, कार्तिक २६, २०७१

युलियाको सुशीला सपना

हिमालखबर

yulia_piano

पियानो बजाउँदै युलिया । तस्वीर: ऋषिराम कट्टेल

बीपी कोइराला पत्नी सुशीला कोइराला कुशल नृत्याङ्गना र नृत्यकी शिक्षिका थिइन्। नृत्यलाई विश्वभाषा मान्ने उनी नेपालमा एउटा व्यवस्थित कला एकेडेमी खोल्न चाहन्थिन्।

सुशीलाको त्यो सपनालाई उनकै नातिनी बुहारी युलियाले पूरा गरेकी छन्।

अढाइ वर्षअघि राजधानीको महाराजगन्ज ल्होसालमा ‘सुशीला आर्ट एकेडेमी’ खोलेकी युलिया भन्छिन्, “आ–आफ्नो विधामा नामी प्रशिक्षकहरु राखेर संगीत, नृत्य, रंगमन्च र पेन्टिङ सिकाइरहेका छौं।”

‘सुशीला आर्ट एकेडेमी’ मा माराडी डे गुजमेन, सुबिमा श्रेष्ठ र अलिज वाइअनिक नृत्य प्रशिक्षक छन् भने थिएटरमा डेबोरा मेरोरा र राजकुमार पुडासैनी लगायत छन्।

यसैगरी, पेन्टिङ प्रशिक्षक सुनिता राणा छिन्। अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेकी नाटक पीएचडी डेबोरा जर्जियाको एटलान्टास्थित ओगलथोर्प युनिभर्सिटीमा थिएटरकी सह–प्राध्यापक पनि हुन्।

यसैगरी, स्पेनिस कलाकार माराडी डे गुजमेन क्लासिकल स्पेनिस (फ्लामेन्को) नृत्यमा कहलिएकी कलाकार हुन् भने सुबिमा श्रेष्ठ कत्थककी स्नातकोत्तर।

कजाकिस्तानमा जन्मेकी रसियाली मूलकी पियानोवादक युलिया भने सात वर्षअघि सिद्धार्थ कोइरालासँग विवाह गरेपछि सुशीलाकी नातिनी बुहारी बनेकी हुन्। उनी सिद्धार्थसँग चार वर्ष मुम्बईमा बसेर तीन वर्षअघि काठमाडौं आएकी हुन्।

यहाँ आएको ६ महीनामा एकेडेमी स्थापनामा लागेकी उनी संस्थापक प्रिन्सिपलको भूमिकामा छिन्। उनी एकेडेमीलाई अन्तर्राष्ट्रिय ख्याति दिन खटिरहेकी छन्।

“एकेडेमीमा अहिले झण्डै २५० जना प्रशिक्षार्थी छन्”, युलियाले जनाइन्, “तीमध्ये ९० जनालाई टाटा मोटर्सले फुल स्कलरशीप दिएको छ।”
ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>