खेलकुदबिहीबार, कार्तिक २७, २०७१
एक दिवसीय क्रिकेटमा रोहित शर्माको विश्व कीर्तिमान
कलकत्तामा भएको श्रीलंका विरुद्धको चौथो वनडे क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक २६४ रन बनाएर नयाँ कीर्तिमान बनाएका छन् । त्यसक्रममा उनले १७३ बलमा ३३ चौका र ९ छक्का हानेका थिए ।
एक दिवसीय क्रिकेटमा दुईपटक दोहोर शतक बनाउने पहिलो ब्याट्सम्यानको कीर्तिमान पनि रोहितले नै बनाएका छन् ।
यसअघि सन् २०१३ मा रोहितले अष्ट्रेलिया विरुद्ध २०९ रन बनाएका थिए ।
अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा रोहित बाहेक भारतकै सचिन तेन्दुलकर र विरेन्द्र सहवागले दोहोरो शतक बनाएका छन् ।
रोहित अघि सर्वाधिक रनको कीर्तिमान भारतकै विरेन्द्र सहवागका नाममा थियो । उनले सन् २०११ मा वेष्टइण्डिज विरुद्ध १४९ बलमा २१९ रन बनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
