Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सर्वोच्चको आदेश मानेन उद्योगले - Himalkhabar.com

अर्थ/बजारबिहीबार, कार्तिक २७, २०७१

सर्वोच्चको आदेश मानेन उद्योगले

हिमालखबर

एभरेष्ट पेपर मील। तस्वीरः ईश्वरचन्द्र झा

एभरेष्ट पेपर मील। तस्वीरः ईश्वरचन्द्र झा

१२ साउन २०६१ मा सर्वोच्च अदालतले धनुषाको महेन्द्रनगर–५ स्थित एभरेष्ट पेपर मीलले विषादीयुक्त दुर्गन्धित पानी औरही नदीमा मिसाएकाले जनजीवनमा प्रतिकूल असर परेको भन्दै त्यसलाई रोक्न आदेश दियो। महोत्तरीको जलेश्वरस्थित जनहित संरक्षण मञ्चले २०५८ मा दायर गरेको रीटमा सर्वोच्चले यस्तो आदेश दिएको थियो। तर, दश वर्षसम्म पनि उद्योगले आदेश पालना गरेको छैन। जलेश्वरका बासिन्दा सुरेश पाण्डे भन्छन्, “बरु उद्योगबाट औरही नदीमा मिसिने दूषित पानीको मात्रा झ्न् बढेको छ।”

सर्वोच्चको आदेश कार्यान्वयन नभएपछि ५–२७ माघ २०६८ मा जलेश्वरमा अनशन बसेका पाण्डेले प्रधानमन्त्री कार्यालयको माग पूरा गर्ने आश्वासनपछि अनशन तोडेका थिए। सर्वोच्चले वातावरणमा समेत प्रतिकूल असर पर्ने गरी सञ्चालन गरिएको उद्योगको नियमन र नियमित निरीक्षण गर्न वातावरण निरीक्षक नियुक्ति गरी प्रदूषण नियन्त्रणका अन्य उपाय समेत अवलम्बन गर्न आदेश दिए पनि त्यस्तो पहल भएको छैन। जनकपुरस्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा भन्छन्, “तत्कालै प्रभाव नदेखिए पनि औद्योगिक प्रदूषण र दूषित पानीले मानव जीवनमा नराम्रो असर पार्न थालेको छ।”

सर्वोच्चको आदेश मानेन उद्योगलेऔरही नदीबाट ३०० मीटर दूरीमा रहेको मीलले निष्काशन गर्ने पानी नदीमै गएर मिसिन पुग्दा जलचर नष्ट हुँदैछन्। नदीमा मिसिने पानीमा बायोलोजिकल अक्सिजन १०० मिलिग्राम प्रतिलीटर हुनुपर्नेमा ६८० मिलिग्राम पाइएको छ। नदीमा अहिले माछा, भ्यागुता लगायत जलचर देखिन छाडेका छन् भने नदीको पानी समेत कालो छ। विषादीयुक्त पानीले सयौं विघा जग्गाको बालीनाली समेत नष्ट गरेको महेन्द्रनगर–५ का अजयकुमार साह बताउँछन्। एसिडको मात्रा अत्यधिक भएको धनुषाका ३ र महोत्तरीका १९ गाविस भएर बग्ने औरही तथा बिग्ही नदीको पानी सिंचाइको लागि अनुपयुक्त मानिएको छ। कृषि विकास कार्यालयका अनुसार धनुषा र महोत्तरीमा नदी वरपर मात्रै करीब दुई हजार हेक्टर खेतीयोग्य जमीन छ।

२०४२ मा स्थापना भएको उद्योगले वार्षिक १२० टन कागज उत्पादन गर्छ। मीलका प्रबन्धक सन्तोष दाहाल वातावरण प्रदूषण ऐन २०५४ ले तोकेको मापदण्ड अनुसार पानीमा विषादीको मात्रा घटाउन प्लान्ट स्थापना गरिएको दाबी गर्छन्। दाहाल भन्छन्, “तर, स्वास्थ्य र वातावरणप्रति सचेत हुँदाहुँदै पनि नियन्त्रण गर्न सकेका छैनौं।” एभरेष्ट ग्रुप अफ कम्पनीजका अध्यक्ष समेत रहेका मीलका सञ्चालक कौशल सर्राफ भने प्रदूषण योभन्दा बढी घटाउन नसकिने बताउँछन्।

ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>