खेलकुदमंगलबार, आश्विन २३, २०६९
नेपाल हङकङलाई हराउँदै एसीसी ट्रफीको सेमिफाइनलमा
रामेश्वर बोहरा
हङकङलाई हराउँदै समूह बीको विजेता बन्न सफल नेपालले सेमिफाइनलमा समूह एको उपविजेता मलेसियासँग २४ असोजमा प्रतिस्पर्धा गर्नेछ ।
२३ असोजमा भएको खेलमा अमृत भट्टराई र बसन्त रेग्मीले तीन/तीन विकेट लिए । पारस खड्काले दुई र शक्ति गौचनले एक विकेट झारेका थिए ।
नेपालद्वारा हङकङसामु २२६ रनको लक्ष्य प्रस्तुत
युएईमा जारी एसीसी ट्रफी एलिट कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई २२६ रनको चुनौति दिएको छ । सेमिफाइनल पुग्न जित अपरिहार्य भएको खेलमा नेपालले बलियो टिम हङकङ विरुद्ध मध्यम स्कोरमात्रै खडा गर्न सक्यो ।
टस जितेर ब्याटिङ् रोजेको नेपालले ५० ओवरमा ७ विकेट गुमाउँदै २२५ रन बनायो । नेपालका लागि कप्तान पारस खड्काले ६१ रन बनाए । त्यस्तै अनिल मण्डल ३७, बसन्त रेग्मी ३१, ज्ञानेन्द्र मल्ल २८ र प्रदीप ऐरीले २५ रन बनाए।
ओपनर सुवास खकुरेललाई दोस्रो बलमै गुमाएको नेपाली टिमको इनिङलाई त्यसपछि ज्ञानेन्द्र मल्ल र अनिल मण्डलले सम्हालेका थिए । त्यसैगरी कप्तान पारस खड्का र बसन्त रेग्मीको ५७ रनको साझेदारीले नेपाललाई सम्मानजनक स्कोरमा पुर्यायो ।
हङकङका तनबिर अफ्जल र निजाकत खानले दुइ दुइ विकेट लिए । नेपालले आजको खेलमा तीब्र गतिका बलर अमृत भट्टराइलाई लिएर खेलेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
