अर्थ/बजारशुक्रबार, कार्तिक २८, २०७१

सेयरमा डिम्याट प्रणाली लागू

हिमालखबर

नेपाल धितोपत्र बोर्डले थापाथलीस्थित सिडिएस क्लियरिङ लिमिटेडलाई सेयर धनीको सुरक्षा तथा सहजताका लागि डिम्याट प्रणाली विकास गर्न अनुमति दिएपछि उक्त कार्य गत २० असोजदेखि शुरु भएको हो । भौतिकरूपमा भएका सेयरलाई डिम्याट गर्ने प्रणालीलाई नै केन्द्रीय निक्षेप प्रणाली भनिन्छ ।

नेपाल स्टक एक्सचेन्जको पूर्ण स्वामित्वमा सञ्चालित क्लियरिङ लिमिटेडले २७ कात्तिकसम्म (क) वर्गका वाणिज्य बैंकसहित ९ लाख १४ हजार ९७१ सेयर सङ्ख्या अभिलेख गरेको जनाएको छ ।

विभिन्न वित्तीय संस्था, होटल, जलविद्युत् कम्पनी गरी ६७ कम्पनीले आफ्ना सेयर धनीको डिम्याट खाता खोल्न सम्झौता गरेका छन् । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल टेलिकमलगायत ६१ कम्पनी पाइप लाइनमा छन् ।

डिम्याट प्राणालीमा गएपछि सेयर धनी तथा लगानीकर्ताले अलगअलग कम्पनीमा गरेका लगानीको सेयर नहराउने, नच्यातिने र सुरक्षित हुने गर्दछ ।

विभिन्न कम्पनीका सेयरलाई नामसारी गर्नुपर्दा पनि सम्बन्धित कम्पनीमा धाउन नपर्ने र तीन दिनभित्रमा नामसारी हुने व्यवस्था मिलाइएको छ ।

सेयर धनी तथा लगानीकर्ताले धितो बन्धकी राख्दा, त्यसलाई रोक्का तथा फुकुवा गर्न पर्दा सम्बन्धित बैंकमा खोलिएको डिम्याट खातामार्फत कार्य गर्न सकिने छ । सम्बन्धित कम्पनीले सेयर धनीलाई उपलब्ध गराउने नगद लाभांश तथा बोनस सेयर लिनका लागि सेयर धनी फरकफरक कम्पनीमा धाइरहनुपर्ने अवस्थाको अन्त्य भई डिम्याट खातामार्फत कार्य हुनेछ ।

२ कात्तिकदेखि वाणिज्य बैंक बाहेकका अन्य कम्पनी तथा समूहका सेयर धनीलाई अभिलेख गर्न शुरु गरिएको संस्थाकी कर्मचारी सविना पुजारीले जानकारी दिइन् ।

सिडिएस क्लियरिङ लिमिटेडले आउँदो माघ २ गतेदेखि वाणिज्य बैंकको सेयर किन्न तथा बेच्न डिम्याट प्रणालीबाट गर्नुपर्ने, १ फागुनदेखि (ख) वर्गका वित्तीय संस्था र बिमा कम्पनीलाई सोही प्रणालीबाट कारोबार गर्नका लागि अनिवार्य व्यवस्थाको गृहकार्य गरेको छ ।

त्यस्तै २ वैशाख २०७२ देखि अन्य बाँकी कम्पनी तथा समूहको सेयर डिम्याट प्रणालीबाट कारोबार गर्न गराउनका लागि तयारी गरेको पुजारीले बताइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>