रमझमशनिबार, कार्तिक २९, २०७१
अन्तिम चरणमा ‘पिरती यस्तै हुन्छ’
सामाजिक विषयलाई समेटेर निर्माण भएको फिल्म ‘पिरती यस्तै हुन्छ’ को निर्माणको अन्तिम चरणमा पुगेको छ । नुमा पिक्चर्सले निर्माण गरिरहेको फिल्मको पोष्ट प्रोडक्सनको काम सकिन लागेको निर्माता जीवन बेघाले बताए ।
उनले केही हप्तादेखि नै फिल्मको प्रदर्शन शुरु गरिने जानकारी दिए । उनले भने, “अब केही दिनमै निर्माणको काम सकिन्छ र मंसीरदेखि नै प्रदर्शन हुनेछ ।”
उनले इलामबाट फिल्मको प्रदर्शन थालिने पनि बताए । फिल्मको अधिकांश छायांकन पूर्वी नेपालमा गरिएको छ ।
सुजन लामा ‘डीएमजी’ले निर्देशन गरेको फिल्ममा विल्सनविक्रम राई, कमला लिङदेन, निमा तामाङ, बबिता फोम्बो, उत्तम अर्याल, अप्सरा शेर्मा लगायतको अभिनय छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
