खेलकुदशनिबार, कार्तिक २९, २०७१
नेपालले यूएईलाई ९४ रनले हरायो
कुवेतमा भएको एसीसी यू–१९ प्रिमियर लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ९४ रनले हराएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले ४१.३ ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमात्र बनाउन सक्यो ।
यूएईलाई हराउने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरीले ३ र इरसाद अहमदले २ विकेट लिए भने सौरभ खनाल, आरिफ शेख, सुशील कंडेल र सुनिल धमलाले एक एक विकेट लिए ।
————————————————————————————————————————————————-
नेपालद्वारा यूएईलाई २५१ रनको लक्ष्य
कुवेतमा जारी एसीसी यू–१९ प्रिमियर लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई २५१ रनको लक्ष्य दिएको छ ।
हिमालखबर
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५० रन बनाएको छ ।
यूएई विरुद्ध रन बनाउने क्रममा नेपालका आरिफ शेखले ६०, शंकर रानाले ४८, प्रेम तामाङले ४६, योगेन्द्रसिंह कार्कीले ३५, सन्दिप सुनारले १८ र राजु रिजालले ७ रन बनाए ।
सौरभ खनाल १ रन बनाएर एलबीडब्ल्यू आउट भए भने सुनिल धमला पहिलो बलमै क्याच आउट भएका थिए । सुशील कंडेल १ र इरसाद अहमद ५ रन बनाएर नटआउट रहे ।
प्रतियोगिताको विजेता टोली अफगानिस्तान आगामी वर्ष बंगलादेशमा हुने यु—१९ विश्वकपमा छनोट हुने करिव करिव निश्चित भएको छ ।
नेपालले शुरुवाती तीन खेल जिते पनि अफगानिस्तानसँग ५ विकेटले हारेको थियो । रनरेटका आधारमा अफगानिस्तान पहिलो नम्बरमा छ ।
प्रतियोगिताको उपविजेताले विश्वकपमा छनोट हुन अर्को महादेशको टोलीसँग प्ले अफ खेल्नु पर्ने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
