Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विदेश जानेका परिवार आक्रान्त - Himalkhabar.com

रिपोर्टआइतबार, कार्तिक ३०, २०७१

विदेश जानेका परिवार आक्रान्त

हिमालखबर

-मीना शर्मा

aaaएक्लै घरको जिम्मेवारी सम्हाल्दै आएकी पोखराकी तेजकुमारी गुरुङ (नाम परिवर्तन) ले चार वर्षअघि मलेशियामा श्रीमान्को मृत्यु भएको खबर सुन्नुप-यो । त्यो घटनापछि उनलाई विस्तारै खान मन नलाग्ने, मन डराउने, शरीर झ्मझ्माउने, छाती र तल्लो पेट दुख्ने लगायतका समस्या हुन थाल्यो ।

उनी अस्पताल गइन्, तर डाक्टरले केही भएको छैन भने । समस्या भने बढ्दै गयो ।

विभिन्न ल्याब परीक्षणसँगै एक्सरे र सिटी स्क्यान गर्दा पनि केही नदेखिएपछि फिजिसियनको सुझवमा मानसिक रोग विशेषज्ञकोमा पुगेकी उनी अहिले नियमित परामर्शसँगै कडा औषधि खाइरहेकी छिन् । तेजकुमारीको उपचारमा संलग्न डा. सरोजप्रसाद वझ उनलाई कडा खालको मानसिक समस्या साईको सोम्याटिक पेन भएको बताउँछन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मानसिक रोग विभाग प्रमुख रहेका डा. वझ कम उमेरमा ठूलो पारिवारिक जिम्मेवारी धान्नुपर्ने तर आफ्ना इच्छा–आकांक्षा भन्न नसक्ने अवस्थाका महिलाहरूलाई शरीरका विभिन्न भागमा दुख्ने तर रिपोर्टमा केही नदेखिने साईको सोम्याटिक पेन हुने बताउँछन् ।

कपिलवस्तु तौलिहवाकी ३५ वर्षीया अञ्जु पौडेल (नाम परिवर्तन) पनि छट्पटिने, रिंगटा लाग्ने र धेरै बेर एकै ठाउँमा बस्न नसक्ने लगायतका समस्या दोहोरिन थालेपछि अस्पताल पुगिन् । श्रीमान् कमाउने बहानामा १३ वर्षदेखि भारतमा बसिरहेकोले उनलाई एन्जाईटी डिसअर्डर भनिने सामान्य खालको मानसिक समस्या भएको चिकित्सकहरूले बताए । घरको जिम्मेवारी, लामो समयसम्म एक्लो बसाइ र श्रीमान्ले केही गर्न सकेनन् भन्ने चिन्ताले यस्तो खालको समस्या हुने चिकित्सक बताउँछन् ।

तेजकुमारी र अञ्जु जस्तै काठमाडौंकी २६ वर्षीया अरुणा काफ्ले (नाम परिवर्तन) पनि मानसिक रोगबाट पीडित छिन् । दुबईमा काम गर्ने श्रीमान् वर्षमा एक पटक मात्र घर आउने, पारिवारिक समस्यामा ध्यान नदिने अनि आर्थिक सहयोग पनि नगर्ने भएपछि अरुणालाई दुई सन्तानको पालनपोषणको चिन्ताले सतायो ।

विदेशमा श्रीमान्को अन्य महिलासँग सम्बन्ध छ भन्ने थाहा पाएपछि थपिएको भविष्यको चिन्ताले खान मन नलाग्ने, निद्रा नलाग्ने जस्ता समस्या बढ्दै गएर मानसिक रोग भएको उनी बताउँछिन् ।

एक लाख ऋण खोजेर दुई वर्षअघि मलेशिया गएका श्रीमान्ले पैसा नपठाएपछि साहूको दबाबमा परेकी खोटाङकी ३१ वर्षीया गोमा राई (नाम परिवर्तन) पनि अहिले मानसिक रोगको उपचार गरिरहेकी छन् । चार सन्तानकी आमा उनी मजदूरी गरेर छोराछोरी पालिरहे पनि ऋण तिर्न सक्ने अवस्थामा छैनन् ।

नौ महीनादेखि मानसिक रोगको औषधि र परामर्श लिन थालेकी उनी भन्छिन्, “श्रीमान्ले मलेशियामा दुःख पाएको थाहा भएपछि टाउको दुख्ने, खान मन नलाग्ने र निद्रा नलाग्ने हुँदै मलाई यो रोग लाग्यो ।”

गुम्सिएको समस्या

त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख डा. वझ ऋणको भार, पारिवारिक जिम्मेवारी र एक्लोपनमा परेका थुप्रै महिला कडा मानसिक 37-382रोगको शिकार बनिरहेको बताउँछन् । उनका अनुसार, यस्ता महिलाहरूलाई सामाजिक–आर्थिक सहयोगको साथै तत्काल परामर्श आवश्यक पर्छ ।

विश्व स्वास्थ्य संगठनले कुल जनसंख्याको २० प्रतिशतमा कुनै न कुनै किसिमको मानसिक समस्या हुने बताए पनि एक्लै परिवार धान्नुपर्ने बाध्यतामा रहेका महिलाहरूमा यो समस्या दोब्बर देखिएको डा. वझ बताउँछन् । उनका अनुसार पारिवारिक जिम्मेवारी र ऋणको भारसँगै आफ्नो शारीरिक–मनोवैज्ञानिक चाहना पूरा नहुँदा र कसैसँग आफ्ना कुरा भन्न नसक्दा यो समस्या चर्किएको छ । डा. वझ भन्छन्, “श्रीमान् विदेशमा रहेका महिलाहरूले बच्चासहित आत्महत्याको प्रयास गरेका घटनाहरूको मनोवैज्ञानिक पाटा खोज्न ढिलो भइसकेको छ ।”

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालको सामी परियोजनाले खोटाङ र सर्लाहीमा गरेको अध्ययनले वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरूमा अत्यधिक मानसिक समस्या देखाएको छ । कात्तिक–पुस २०७० को अध्ययनले यो समस्या चर्कंदै गएको देखाएको परियोजनाका प्रमुख मनोचिकित्सक पशुपति महतले बताए । अध्ययनमा समेटिएका १०५ महिला र २१ पुरुषमध्ये ८० प्रतिशतमा डिपे्रसन देखिएको डा. महत बताउँछन् ।

परामर्शको क्रममा २३.८ प्रतिशत महिलाले नचाहिंदो आरोप खेप्नुपर्दा आफूलाई मानसिक दबाब भएको बताएका थिए । यसैगरी, ऋण तिर्न नसक्दा ४८ प्रतिशत, पारिवारिक द्वन्द्वका कारण ४६ प्रतिशत, घरेलु हिंसाका कारण ३६, विदेशबाट श्रीमान्ले सहयोग नगरेका २४ प्रतिशत र कामको बोझ्को कारण ९४ प्रतिशत महिलामा मानसिक स्वास्थ्य समस्या आएको अध्ययनको तथ्यांकले देखाउँछ ।

धेरैजसो महिलाले मनमा अनावश्यक कुरा खेल्ने, डर लाग्ने, खान मन नलाग्ने, निद्रा नलाग्ने, आत्मग्लानि हुने, तर्सिने, रीस उठ्ने, कमजोर महसूस हुने जस्ता समस्या बताएका छन् । डा. महत भन्छन्, “विदेशमा श्रीमान्ले दुःख पाएको खबर सुनेका महिलाका पूरै परिवार मानसिक रोगको शिकार भएको पाइयो ।”

कुरा महिलाको मात्र होइन, विदेशमा दुःख गरेर कमाएको पैसा लिएर श्रीमती अर्कैसँग गइदिंदा समस्यामा परेका श्रीमान्हरू पनि छन् । पैसा लिएर श्रीमती भागेपछि समस्यामा परेका श्रीमान्हरू कडा खालको मानसिक समस्यामा रहेको सीएमसीको अध्ययनले देखाएको छ । ६ महीनाको परामर्शबाट तीमध्ये ६० प्रतिशतमा सुधार आएको र २० प्रतिशतलाई कडा खाले औषधि पनि चलाउनु परेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

चिसिंदो सम्बन्ध

गैर–सरकारी संस्था पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङ वैदेशिक रोजगारको कारणले पारिवारिक सम्बन्ध चिसिंदै गएको बताउँछिन् । उनका अनुसार, विदेशमा राम्रो आम्दानी नहुँदा कमाउन जाने व्यक्ति र नेपालमा रहेका उसका परिवार दुवैमा मानसिक तनाव बढेको छ । “विदेशमा कमाइ नहुँदा कतिपय व्यक्ति सम्पर्कमै आउन चाहँदैनन्”, गुरुङ भन्छिन्, “त्यो अवस्थामा उसको सिंगो परिवारले मानसिक समस्या भोग्नु परेको छ ।”

यता घरपरिवार सम्हाल्दा कुनै पुरुषको सहयोग लिने महिलाबारे समाजमा अनेक टिप्पणी गरिन्छ । त्यसमाथि हुन्छ, ऋण र त्यसको चर्को ब्याजको पीर । अझ् आमाबाबु दुवै विदेशमा भएका परिवारका बालबच्चा त्यसै पनि मानसिक समस्यामा हुन्छन् । विदेशमा कमाएको पैसालाई बचत गर्न नजान्दा पनि यस्तो खालको पारिवारिक समस्या बढेको छ ।

 

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>