खेलकुदआइतबार, कार्तिक ३०, २०७१

साफ च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश

हिमालखबर

anuइस्लामाबादस्थित जिन्ना रङ्गशालामा ३० कात्तिकमा भएको महिला साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले श्रीलङ्कालाई ३–० गोलअन्तरले पराजित गर्दै समूह बीको विजेता भएको छ । नेपाल तेस्रोपटक सेमिफाइनलमा प्रवेश गरेको हो ।

यसअघि सन् २०१० मा बङ्गलादेशमा भएको पहिलो साफ च्याम्पियनसिपमा नेपालले बङ्गलादेशलाई ३–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सन् २०१२ श्रीलङ्कामा भएको दोस्रो साफ च्याम्पियनसिपमा पनि नेपालले श्रीलङ्कालाई नै ३­० गोलअन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

नेपालको जितमा निरु थापाले एक गोल गरिन भने अनु लामाले दुई गोल गरिन् । निरुले खेलको पहिलो हाफको १६ औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् ।

अनु लामाले प्रहार गरेको रिबाउन्ड बललाई निरुले सदुपयोग गर्दै गोल गर्न सफल भइन् ।

प्रतियोगिताको पहिलो हाफसम्म एक शून्यले अगाडि रहको नेपाल दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ५४ औँ मिनेटमा कप्तान लामाले पेनाल्टीमार्फत एक गोल गरिन् ।

श्रीलङ्काकी खेलाडीले फल्ट गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

त्यस्तै, खेलको ८५ औँ मिनेटमा यशोधा लामाको क्रसपासमा कप्तान लामाले पुनः एक गोल थपिन् । जारी प्रतियोगितामा उनले पाँच गोल गरेकी छिन् भने अन्तर्राष्ट्रिय गोल सङ्ख्या उनको ३३ पुगेको छ ।

खेलपछि नेपालका मुख्य प्रशिक्षक कुमार कटवालले आजको खेलमा सोचेअनुरुपको नतिजा आएको बताउँदै सेमिफाइनल उत्कृष्ट खेल प्रर्दशन गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>