समाचारआइतबार, कार्तिक ३०, २०७१

कम्युनिस्ट केन्द्रले एसएमजी लगायतका हतियार बुझायो

हिमालखबर

सरकारसँग वार्तामा रहेको भूमिगत माओवादी कम्युनिस्ट केन्द्र, नेपालले राजनीतिक वार्ता समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाको रोहवरमा मकवानपुर जिल्ला प्रशासन कार्यालयमा अत्याधुनिक हतियार, गोली, बारुद र सकेटबम सरकारलाई बुझाएको छ ।

पार्टीका अध्यक्ष डिएस महतले समितिका संयोजक ढुङ्गानाको रोहवरमा एसएमजी एकथान, त्यसको गोली दुईथान, माउजर तीनथान, एक नाले र दुईथाले गरी १४ वटा पेस्तोल, भरुवा बन्दूक चारथान, विभिन्न हतियारमा प्रयोग हुने ७४ थान गोली, डेटोनेटर ४१ थान, बारुद तीन केजी, सकेटबम २० वटा बुझाएका हुन् ।

यसअघि गत ५ भदौमा उक्त समूह र सरकारबीचको वार्तामा भएको सहमतिअनुसार ती हतियार बुझाइएको अध्यक्ष महतले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>