रमझमसोमबार, मंसिर १, २०७१

क्यान्डी क्रस बनाउने टमी पाप नेपालमा

हिमालखबर

-छिरिङ डोल्कर गुरुङtt

एप गेम ‘क्यान्डी क्रस सागा’ विश्वका युवामाझ कति लोकप्रिय छ भन्ने कुरा गत वर्ष स्वीडिस कम्पनी ‘किंग्स डिजिटल इन्टरटेनमेन्ट’ ले यसैबाट १८ लाख डलर आम्दानी गरेबाट प्रष्टिन्छ । दुई वर्षअघि शुरु भएको यो गेमको लोकप्रियता अझै बढ्दो छ– प्रति दिन हजारौं नयाँ प्रयोगकर्ता थपिंदै ।

क्यान्डी क्रस सागा नखेलिने देश सम्भवतः उत्तरकोरिया मात्र हो । यो गेम विश्वमा सांस्कृतिक–भौगोलिक विविधतालाई जित्दै लोकप्रिय हुनुको पछाडि के कारण छ त ? “यो सजिलो र सबैको पहुँचमा भएकोले विश्वका सबै वर्गका मानिसले मन पराएका हुनसक्छन्”, क्यान्डी क्रस बनाउने टमी पामले हिमाल सँग भने, “सन् २०११ मा यो गेम डेभलप गर्ने सोच बनाउँदा यस्तो होला भन्ने लागेको थिएन ।”

निःशुल्क डाउनलोड गर्न सकिने यो गेम मोबाइल फोन र कम्प्युटरदेखि ट्याबलेटसम्ममा खेल्न सकिन्छ । यो गेम खेल्नेमा २५–५५ उमेर समूहका महिला बढी छन् ।

आफूले डेभलप गरेको गेममध्ये आफ्नी आमा र बहिनीले खेल्ने ‘क्यान्डी क्रस’ मात्र भएको पामले बताए । “पुरुषहरूले खेल्ने गेम बजारमा प्रशस्तै पाइन्छन्”, एनसेल एप क्याम्पमा सहभागी हुन काठमाडौं आएका पामले भने, “छनोटको कम अवसर पाएका महिलाहरूले ‘क्यान्डी क्रस’ रुचाएका छन् ।”

हुन पनि, क्यान्डी क्रसको ‘प्यारेन्ट कम्पनी’ किंगका मुख्य ग्राहक नै महिलाहरू छन् । ‘किंग्स डिजिटल इन्टरटेनमेन्ट’ को आम्दानीको मुख्य स्रोत स्वीडेन बाहिरका प्रयोगकर्ता नै हुन् । ठूलो पूँजी र मानव संसाधन आवश्यक नपर्ने एप व्यवसायमा नेपाली डेभलपरहरूले एउटा कोठाबाटै लाखौं डलर कमाउन सक्ने पामको भनाइ छ ।

एनसेलकी कर्पोरेट सञ्चार निर्देशक सञ्जु कोइराला एप डेभलपरहरूको रोल मोडल भएकोले पामलाई नेपाल बोलाएको बताउँछिन् । उनको उपस्थिति मात्र पनि एप डेभलपरहरूलाई हौसला हुने भएकोले एनसेलले एप क्याम्प आयोजना गरेर उनलाई बोलाएको सञ्जु बताउँछिन् ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>