रमझममंगलबार, मंसिर २, २०७१

एभ्रेष्ट ट्रायल रेसको उपाधि समिर तामाङलाई

हिमालखबर

तामाङले निर्धारित दूरी २० घण्टा ३८ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै सन् २०१४ को उ5पाधि जितेका हुन् । मलेसियामा भएको वल्ड ट्रायल रेसमा तामाङ दोस्रो भएका थिए ।

त्यस्तै, पूmदोर्जी शेर्पा द्धितीय भएका छन् । शेर्पाले निर्धारित दूरी २० घण्टा ५९ मिनेट १२ सेकेण्डमा पूरा गरेका छन् । सन् २०१२ मा भएको एभ्रेष्ट ट्रायल रेसमा शेर्पाले उपाधि चुमेका थिए । स्पेनका जिगोर रुईथ तेस्रो भएका छन् । रुईथले निर्धारित दूरी २३ घण्टा ५४ मिनेट ७ सेकेण्डमा पूरा गरेका छन् ।

त्यसैगरी, महिलातर्पm स्पेनका आना कमेटले २६ घण्टा ४० मिनेट ४३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै प्रथम भएकी छिन् । युकेका क्यारी सुतनले निर्धारित दूरी ३० घण्टा २३ मिनेट  सेकेण्डमा पूरा गर्दै दोस्रो भएका छन् । नेपालका याङडी लामा शेर्पाले निर्धारित दूरी ३२ घण्टा ५४ मिनेट ३३ सेकेण्डमा पूरा गरी तेस्रो भएका छन् ।

अन्नपूर्ण टे«क्स एण्ड एक्सपिडिसन प्रालिको आयोजनामा भएको दौड प्रतियोगिता समुद्र सतहदेखि १ हजार ९ सय ५३ मिटरको उचाईमा रहेको जिरीबाट शुरु भई रामेछापको बाम्तीभण्डार, सोलुखुम्बुको चौंलाखर्क, गोली, पिके, जुनवेशी, टाक्सिन्दु, जुभिङ, खरिखोला, लुक्ला, फाक्दिङ, जोरसल्ले, नाम्चे, तेङबोचे, खुम्जुङ ग्रीनभ्याली, स्याङबोचेहुँदै लुक्ला बजारमा आएर टुंगिएको अन्नपूर्ण टे«क्स एण्ड एक्सपिडिसन प्रा. लि. आयोजक संस्थाका प्रबन्ध निर्देशक कामी शेर्पाले जानकारी दिए ।

पहिलो पटक सगरमाथा आरोहण गर्ने तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले प्रयोग गरेको रुटहुँदै धावकहरु प्रतियोगिताको अन्तिम बिन्दुसम्म पुगेको समेत निर्देशक शेर्पाले बताए । प्रतियोगितामा पुरुष र महिला धावकको छुट्टा–छुट्टै मूल्याङकन हुनेछ । विजेताले नगद  एक लाख ८० हजार, एक लाख २० हजार र तृतीयले ७० हजार नगद सहित ट्रफि र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगितामा ३ नेपाली सहित ५० विदेशी गरी ५३ जना सहभागी म्याराथनमा २७ जना धावकहरुले प्रतिस्पर्धा गरेका थिए । २७ जना प्रतिस्पर्धीमध्ये एक नेपाली सहित तीन जना महिला प्रतियोगी रहेका छन् । प्रतियोगितामा पोर्चुगल, स्पेन, ब्रिटिस, अष्ट्रेलिया, मेक्सिको र टर्कीका धावकहरु समेत सहभागी भएका छन् । एभ्रेष्ट ट्रायल रेस म्याराथनको निर्धारित दूरी १ सय ६० किलोमिटर रहेको छ ।

बुद्धवीर बाहिङ, सोलुखुम्बुunnamed

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>