Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लुक्लामा ५०० पर्यटक रोकिए - Himalkhabar.com

थप समाचारबुधबार, मंसिर ३, २०७१

लुक्लामा ५०० पर्यटक रोकिए

हिमालखबर

सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि मौसम खराबी हुँदा ५०० भन्दा बढी पर्यटक रोकिएका छन् । बिहान केहिबेर मौसममा सुधार भए पनि नियमित उडान हुन नसक्दा पर्यटक रोकिएका हुन् ।

चार दिनदेखि नियमित उडान हुन नसकेको तारा एयरका लुक्ला विमानस्थल इन्चार्ज फुनुरु शेर्पाले जानकारी दिए । २ मंसीरमा तय भएको ५० उडान मौसममा खराबी आएपछि रोकिएको उनको भनाइ छ ।

आधाभन्दा बढी उडान हुन नसक्दा स्वदेशी तथा विदेशी पर्यटक मारमा परेका छन् । खुम्बु क्षेत्र घुम्न आएका पर्यटक फर्कने सिजन भएकाले अहिले माथिल्लो क्षेत्र घुमेर राजधानी फर्कनका लागि आएका पर्यटकको लुक्लामा घुइँचो लागेको छ ।

३ मंसीरमा पनि मौसम सफा हुन नसकेकाले उडान नहुने एयरलाइन्स व्यवसायीले बताएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>