खेलकुदबुधबार, मंसिर ३, २०७१

नेपाल र हङकङबीचको टि–२० म्याच स्थगित

हिमालखबर

अन्तराष्ट्रिय टि–२० सिरिज खेल्न श्रीलंका पुगेको नेपाली टोली र हङकङ टोलीबीचको पहिलो खेल पानी परेपछि स्थगित भएको छ ।

विहान १० बजे शुरु हुने भनिएको खेल पानी नरोकिएपछि स्थगित भएको आइसीसीले घोषणा गरेको छ । सिरिजका तीन खेलमध्ये एउटा स्थगित भएपछि अब नेपाल र हङकङबीच दुईवटा खेलमात्रै हुनेछन् ।

त्यसपछि नेपालले एउटा ‘वान डे’ पनि खेल्ने छ ।

श्रीलंका भ्रमणका क्रममा नेपालले श्रीलंकाका दुईवटा टोलीसँग प्रथम श्रेणीको तीन दिवसीय म्याच खेलेकोमा एउटा खेल ‘ड्र’ भएको थियो भने अर्कोमा नेपाल पराजित भएको थियो ।

आगामी जनवरीमा नामिबियामा हुने डिभिजन–२ क्रिकेटको पूर्व तयारीका क्रममा आइसीसीले यो खेलको आयोजना गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>