Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पशुबलिको विरोधमा थिचिएको गढिमाई - Himalkhabar.com

अन्तर्वार्ता/विचारबुधबार, मंसिर ३, २०७१

पशुबलिको विरोधमा थिचिएको गढिमाई

दीपक अधिकारी

 
फेसबुक र ट्विटरमा #गढिमाई र # स्टप एनिमल सेक्रिफाइस भन्ने पोष्टहरूको हल्ला निकै चर्को छ । गढिमाईमा पशुबलि रोक्न नेपाल सरकारलाई अनलाईन आग्रह र इमेल–पत्रहरूको त बाढी नै लागेको छ ।

गढिमाई मेलाले बाराको अती सामान्य गाउँ बरियापुरलाई फेरि अन्तर्राष्ट्रिय चासोको विषय बनाइदिएको छ, जहाँ प्रत्येक पाँच वर्षमा हजारौं पशुहरूको बलि दिइन्छ, देवी कालीलाई खुशी पार्न भन्दै ।

पशु–अधिकारकर्मीले यो बलि परम्पराको प्रतिरक्षामा उत्रनेको उछितो काढेका छन् । ‘युरोप र उत्तरी अमेरिकाका मांसभक्षीहरूका लागि हुने पशु हत्यालाई बेवास्ता गर्दै नेपालमा पशुबलिको विरोध गर्नुको कुनै तुक छैन’ भन्ने ट्विटपछि मलाई दुत्कार्दै थुप्रै इमेलहरू आए ।

म आफैं पनि मांसहारी हुँ यद्यपी धर्मका नाममा पशुहत्याको समर्थन कहिल्यै गर्दैन । तर, गढिमाई मेलाको विरोध गर्नेहरूले यसलाई ‘बर्बरतापूर्ण’, ‘क्रुर’ र ‘अमानवीय’ भन्नु ठिक होइन । यो मेलालाई संसारकै ‘सबैभन्दा ठूलो’ र ‘अती भयानक’ पशु बलि भनेर बढाइचढाई ब्याख्या गरिएको छ ।

युरोपमा औद्योगिक स्तरका बधशालामा हुने पशु हत्या संभवतः यस्तै भयानक हुन्छ, अमेरिकामा मनाइने थ्याङसगिभिङ (यो उत्सव पनि मंसीरमै परेको छ) का बेला त्यहाँ करोडौं टर्कीको हत्या गरिन्छ ।

अन्तर्राष्ट्रिय सेलेब्रेटीहरूको साथ पाएका शक्तिशाली पशुअधिकारकर्मी र स्थानीय आयोजकबीचको चर्काचर्कीले नेपाल र सीमावर्ती भारतमा गढिमाई मेलाको साँस्कृतिक महत्व भने हराउँदो छ ।

killing_fieldsसन् २००९ मा फ्रान्सेली अभिनेत्री ब्रिगिट बार्डोटले यो पर्व विरुद्धको अभियानलाई समर्थन गरिन् । अहिले गढिमाई विरुद्धको अभियानमा बेलायती अभिनेत्री जोआना लुम्ले पनि जोडिएकी छन् ।

मिडियालाई तस्वीर चाहिन्छ, र सयौं मारिएका पशुहरूबाट घेरिएको एक्लो मानिसको नाटकीय जस्तो तस्वीर चर्चामा आउँछ । यस्ता तस्वीरहरू सोसल मिडियामा तुरुन्तै ‘भाइरल’ हुन्छन् ।

पशुअधिकारकर्मीले यस्तो पशुबलि हेर्ने नेपाली बालबालिकाको मनस्थितिमा नकारात्मक असर पर्ने भन्दै दुख व्यक्त गर्छन् । तर, यस्ता तस्वीर त उनीहरू आफैंले इन्टरनेटमा प्रशारण गरिरहेका हुन्छन्, त्यसका बारेमा को बोलिदिने ?

आरामी कुर्सीमा बसेर पशुअधिकारको वकालत गर्ने पश्चिमाहरूका वेबसाईटले ‘रेड अलर्ट’ जारी गर्दै मेलालाई ‘प्रलयको दिन’ जस्तै बनाइदिन्छन् र अभियानका समर्थकहरूलाई उदारतापूर्वक चन्दा दिन पनि आग्रह गर्छन् ।

हिन्दू बहुल नेपालमा पशुबलि विरुद्ध ढ्याङ्ग्रो ठटाइरहँदा बेलायतमा भने विना कुनै हस्तक्षेप मासुका निम्ति पशु हत्या भइरहेको हुन्छ । यस्ता अधिकारकर्मीहरूले केएफसी, म्याक डोनाल्ड्स र बर्गर किंगजस्ता रेष्टुराँका लागि कुखुरा र गाईको मासू आपूर्ति गर्नेविरुद्ध धर्ना गरेको कहिल्यै सुनिंदैन । बरु उनीहरूले अर्को हप्ता अमेरिकामा हुने टर्कीको संहारविरुद्ध अभियान चलाउन सके हुन्थ्यो ।

बौद्ध धर्म बाहेक हिन्दू, इस्लाम र क्रिस्चियन धर्ममा कुनै न कुनै रुपमा पशुबलिको प्रचलन छ । हिन्दू र प्राकृत धर्मका केही विश्वास समूह, पन्थ र सम्प्रदायमा त पशुवली जरुरी मानिन्छ । यहाँ निर मुद्दा के हो भने, यस्तो परम्परामा एकाएक रोक लगाउन सकिंदैन, यसलाई क्रमिक सुधारतर्फ लैजानु उचित हुन्छ ।

गढिमाई क्षेत्रका अधिकांश निर्वाहमूखि किसानहरूका लागि त मासु खान पनि ठूलै उत्सव कुर्नु पर्छ । उनीहरूको आस्था र विश्वासको प्रणालीमा पशु बलि परम्पराको जरा गहिरो छ ।

गरीब नै भए पनि गढिमाई क्षेत्रका किसानहरूमा आकांक्षाहरू छन् । संभवतः उनीहरू आफ्नो कठिन जीवनबाट उद्दारका लागि अलौकिक शक्तिलाई खुशी पार्न खोजिरहेका हुन्छन् ।

केही परम्परालाई गलत भन्दै निन्दा गर्न सजिलो त हुन्छ तर, त्यसलाई गहिराईमा बुझ्न र सदियौं देखिको विश्वासमा परिवर्तन ल्याउन ठूलै प्रयास र धैर्य चाहिन्छ ।

यो पर्वसँग जोडिएका फोहरको ब्यवस्थापन, बढदो व्यवसायीकरण, पशुपंक्षी ब्यापारको बढ्दो बजार (जसबारे पशुबलि विरोधी मञ्चहरूमा छलफल हुँदैन) जस्ता मुद्दाहरूमा पनि चासो दिन जरुरी छ ।

कान्तिपुर दैनिकमा चन्द्रकिशोर झा लेख्छन्, ‘यो पर्व स्थानीयहरूले सीमा पारीका आफन्त भेट्ने अवसर पनि हो ।’ गढिमाईका पुजारी थारु हुन्, थारु जातिको आफ्नै विशेष परम्परा र संस्कृति छ । झाका अनुसार मेलाका अधिकांश श्रद्धालु हजाम, लोहार, माली, तेली र कुम्हार जस्ता मधेशी समाजका कथित तल्लो जाति अन्तर्गतका हुन्छन् ।

तर, यस्ता सुक्ष्म विषयहरू पशुबलि विरुद्धको आक्रोशमा लुप्त भएका छन् । अभिजात्य अन्तर्राष्ट्रिय अभियानकर्ताका आँखामा भने सार्वजनिक रूपमा हुने पशुबलि मात्रै समस्या भएको छ । त्यसो भए के गढिमाईमा हुने पशुबलि बन्द बधशालामा भए त्यसलाई उचित मान्ने ?

केही ट्विटर पोष्टमा भनिए झैं धर्म, खेल वा खानका लागि हुने पशु हत्याको विरोध गर्ने उच्च नैतिकता शाकाहारीले मात्रै देखाउन सक्छन् ।
अधिकारी स्वतन्त्र पत्रकार हुन् ।

मुल संस्करण अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>