Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारतः बाबा रामपाल पक्राउ - Himalkhabar.com

थप समाचारबिहीबार, मंसिर ४, २०७१

भारतः बाबा रामपाल पक्राउ

हिमालखबर

AFPहत्याको आरोपमा अदालतले उपस्थित हुन आदेश दिएका भारतको मरिहयाणास्थित सतलोक आश्रम सञ्चालन गर्ने बाबा रामपाललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आश्रमबाट ४ महिला र एक बालकको शव समेत बरामद भएको छ । प्रहरी र बाबाका अनुयायीबीचको झडपमा उनीहरुको मृत्यु भएको अनुमान प्रहरीको छ ।

पंजाब हरियाणा हाईकोर्टले केही दिनअघि रामपालविरुद्ध वारेन्ट जारी गरे पनि उनका समर्थकहरुले विरोध गरिरहेका थिए भने रामपाल पनि अदालतको सम्पर्कमा गएनन् ।

प्रहरी पक्राउ गर्न जाँदा उनको आश्रममा हजारौंको संख्यामा अनुयायीहरु रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अनुयायीहरुको विरोधका बीच प्रहरीले उनलाई पक्राउ गर्न सकिरहेको थिएन ।

आश्रमभित्रका अन्य कैयौं भवनभित्र अहिलेसम्म पनि प्रहरी पुग्न सकिरहेको छैन । ति भवनहरुमा रामपालका सशस्त्र अनुयायीहरु रहेको प्रहरीको अनुमान छ ।

प्रहरीलाई त्यहाँ रहेका अनुयायीहरुलाई बाहिर निकाल्न मात्रै दुई दिन लागेको थियो । आश्रमको पर्खाल निकै अग्लो भएको र भित्रबाट अनुयायीहरुले समेत प्रहार गरिरहेकाले भित्र पुग्न समय लागेको प्रहरीको भनाई छ ।

बाबा रामपाल बन्नु अघि उनी हरियाणा सरकारको सिंचाई विभागमा इञ्जिनियर थिए ।

नोकरीका क्रममा नै सत्संग शुरु गरेका उनी पछि संत रामपाल बने । उनीमाथि हत्यालगायत विभिन्न आरोप लागेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>