रमझमशुक्रबार, मंसिर ५, २०७१
मिस वर्ल्डका लागि भोटिङ खुल्ला
मिस वर्ल्ड प्रतियोगीका लागि ४ मंसीर रातिदेखि आधिकारिक भोटिङ खुल्ला भएको छ । विश्वभरका १२४ प्रतिस्पर्धीमध्ये शीर्ष तीन सुन्दरीलाई मोबाइल एप मार्फत भोटिङ खुल्ला भएको हो ।
भोटिङ २८ मंसीर राति फाइनल हुनुभन्दा एक घण्टा अघिसम्म खुल्ला रहने मिस वर्ल्डको आधिकारिक साइटले जनाएको छ । मिस वर्ल्डमा अत्यधिक मत पाउनेले ‘पिपुल्स च्वाइस अवार्ड’ जित्ने छ भने फाइनल राउण्डमा सिधैं प्रवेश पाउने छ ।
भोटिङ लागि आईस्टोर तथा गुगल प्लेस्टोर मार्फत् मिस वर्ल्र्ड एप डाउनलोड गर्नुपर्ने व्यवस्था गरिएको छ । एप निशुल्क डाउनलोड गर्न सकिन्छ ।
आयोजकले यो वर्षदेखि मिस वर्ल्डका शीर्ष तीन प्रतियोगीलाई छानेर भोटिङ गर्नुपर्ने व्यवस्था गरेको छ । मिस वर्ल्र्ड एप मार्फत् तीन प्रतियोगीलाई भोटिङ गरेपछि एप्स सब्स्क्राइब गर्न चाहनेले थप भोटिङ पनि गर्न सक्छन् ।
तर, एक जनाले कुनै एक प्रतियोगीलाई बढीमा दुई भोट मात्र गर्न सक्ने मिस वर्ल्र्ड डट कममा उल्लेख छ ।
मिस वर्ल्ड एप डाउनलोडका लागि
आईओएस (एप्पल) प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोला ।
एन्ड्रोइड प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोला ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
