Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मोदी काठमाडौं बाहिर जाँदैनन्ः भारतीय विदेश मन्त्रालय - Himalkhabar.com

थप समाचारआइतबार, मंसिर ७, २०७१

मोदी काठमाडौं बाहिर जाँदैनन्ः भारतीय विदेश मन्त्रालय

हिमालखबर

narendra-modiभारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनमा नेपाल आएका बेला काठमाडौं बाहिरको भ्रमण नगर्ने जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्धिनले ट्विटरमा पोष्ट गरेको बयानमा भनिएको छ, “भारतको आन्तरिक कारणले गर्दा प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनमा सहभागी हुन नेपाल गएका बेला काठमाडौं मात्रै जानुहुनेछ ।”

पूर्वनिर्धारित र रद्द गर्न नमिल्ने भारतकै विभिन्न ठाउँको भ्रमणले व्यस्तता बढाएकाले मोदी काठमाडौं बाहिर जान नसक्ने पनि उनले बताएका छन् ।

तीन दिनअघि मोदीले गर्ने काठमाडौं बाहिरको ‘धार्मिक भ्रमण’ रद्द भएको खबर सार्वजनिक भएको थियो । तर, अर्को दिन उनको भ्रमण रद्द नभएको भारतीय दूतावास र नेपालका परराष्ट्र मन्त्रीले बताएका थिए ।

अकबरुद्धिनले प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको विशेष सम्बन्धलाई निकै महत्व दिएको भन्दै काठमाडौं बाहेकका अन्य स्थानको भ्रमण पछि गर्ने पनि उल्लेख गरेका छन् ।
akabaruddin

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>